ताजा समाचार

मंसिर २१ गते २०७३

पाटा नेपाल द्वारा ‘हिमालयन ट्राभल मार्ट २०१७’ को शुभारम्भ समारोह आयोजना

- २०१७ को जुन १ देखि ४‘सम्म "हिमालयन ट्राभल मार्ट २०१७" हुने

- सेतो परेवा सम्वाददाता, धुलिखेल

नेपालको पर्यटन उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एशिया ट्राभल एशोसिएशन अफ नेपाल (पाटा, नेपाल)ले ‘हिमालयन ट्राभल मार्ट २०१७’ को शुभारम्भ समारोह आयोजना गरेको छ ।
विश्वमै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्ने उद्देश्यकासाथ पाटा नेपालले आगामी वर्ष २०१७, जुन १ देखि ४ सम्म नेपालमा ‘हिमालयन ट्राभल मार्ट २०१७’ को आयोजना गर्दैछ । सोही कार्यक्रमको आज काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित हिमालयन होराइजन होटल सन एन स्नोबाट नेपाल सरकारको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटनसम्बन्धी संघ संस्था, एयरलायन्स, होटल तथा सरोकारवाला निकायहरुको प्रतिनिधि एवं संचारकर्मीहरुको उपस्थितीमा शुभारम्भ समारोह आयोजना गरिएको हो ।
प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव श्री शंकरप्रसाद अधिकारी तथा विशिष्ट अतिथीका रुपमा उपस्थित हुनुभएका पाटा इन्टरनेशनलका अध्यक्ष श्री एन्ण्ड्रयु जोनेसले समारोहलाई संयुक्त रुपमा उद्घाटन गर्नुभयो । समारोहमा प्रोफेसनल ट्राभल ब्लगर्स एसोसिएनका अध्यक्ष मार्ट गिब्सनको समेत उपस्थीती रहेको थियो ।
समारोहमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१७ को जुन १ देखि ४ तारिखसम्म राष्ट्रिय पर्वको रुपमा आयोजना हुने ‘हिमालयन ट्राभल मार्ट २०१७’ को प्रतिक चिन्ह (लोगो)लाई निकै तामझामका साथ सार्वजनिक गरिएको थियो ।
पाटा नेपालले पाटा इन्टरनेशनल र अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा साहसिक पर्यटनलाई पुर्नपरिभाषित गर्ने र नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्ने उद्देश्यका साथ अगामी सन् २०१७ को जुन १–४ सम्म नेपालमा ‘हिमालयन ट्राभल मार्ट २०१७’ को आयोजना गर्दैछ ।
पर्यटन उद्योगको व्यवसायिक प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर प्राप्त हुने यस मार्टमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार तथा पाकिस्तानका पर्यटन व्यवसायीहरुले युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सीआइएस, एसिया र खाडी मुलुकका व्यवसायीहरुलाई आफ्ना प्याकेजहरु विक्री गर्न सक्नेछन् । साथै उनीहरुले व्यवसायिक प्रवद्र्धनका अवसरहरुको खोजी गर्न सक्नेछन् । ‘हिमालयन ट्राभल मार्ट २०१७ मा विभिन्न मुलुकबाट आउने टुर अपरेटर, ट्राभल ब्लगर्स तथा संचारकर्मी, अन्तर्राष्ट्रिय वक्ताहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु गरी २०० जनाले भाग लिने अनुमान गरिएको छ ।
‘हिमालयन ट्राभल मार्ट २०१७’ दौरानमा अतिथी सत्कार तथा पर्यटन, नागरिक उड्ययन तथा व्यवस्थापन जस्ता विषयहरुमा केन्द्रीत रहेर अन्तर्राष्ट्रिय वक्ताहरुको सहभागितामा एक दिने अन्तक्र्रियात्मक कार्यक्रमको समेत आयोजना गरिनेछ ।
‘हिमालयन ट्राभल मार्ट २०१७’ सुरु हुनु अगावै पाटा नेपालले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा संचारकर्मीहरुलाई नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने उद्देश्यले आगामी २०१७ को २२ मे देखि जुन १ सम्म इन्टरनेशनल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्सको पनि आयोजना गर्नेछ । उक्त कन्फ्रेन्सका प्रतिनिधिहरु २०१७ मे २९ तारिखका दिन सगरमाथा दिवस मनाउन पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा भेला हुनेछन् ।
यस ‘हिमालयन ट्राभल मार्ट २०१७’ लाई सफलतापूर्वक आयोजना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा नेपाल पर्यटन बोर्ड, पर्यटन उद्योग क्षेत्र एवं विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधि सम्मिलित मुल आयोजक समित गठन गरिनेछ । उक्त समितिको महासचिव पाटा नेपाल हुनेछ । 5c6a9180

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com