ताजा समाचार

पौष १ गते २०७३

लगनगाँठो कसे बान्द्रेले

- सेतो परेवा सम्वाददाता, काठमाडौं

हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग लगनगाँठो कसेका ‘बान्द्रे विवाहपछि दुबै जना कला क्षेत्रमा सक्रिय हुने बताउँछन् ।

एक वर्ष अघि कार्यक्रम प्रस्तुतिका लागि गोंगबुको एउटा स्कुलमा पुग्दा सुरजको पहिलो भेट उषासँग भएको थियो । उषा त्यहि स्कुलको शिक्षिका थिइन् । पहिलो भेटमा खासै बोलचाल भएन । तर, सुरजले भने आँखा लगाइसकेका थिए । ‘मैले साथीहरुलाई त्यो मिसको नम्बर लिनु है भनेको थिएँ’ सुरजले भने ।

त्यसपछि त नियमित फोन सम्पर्कमा रहेँ । सुरजको भनाई अनुसार प्रेम छिप्पिन नपाउँदै विवाह भएको हो । ‘हाम्रो प्रेम कलिलै छ, एक वर्ष पनि भएको छैन’ सुरजले भने ।

भेटघाट बाक्लिँदै गएपछि सुरजले आफ्नो घरमा कुरा गरका थिए भने उषाले पनि घरमा कुरा गरेकि थिइन् । दुबै तर्फका परिवारले सहमति जनाएपछि विवाह भएको थियो । वुधबार बिहे बन्धनमा बाँधिएका सुरजले बिहिबार आफन्त र साथीभाइलाई बिहे भोज खुवाएका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com