ताजा समाचार

माघ २३ गते २०७३

सुरक्षाकर्मी हाम्रा नेताहरुलाई मात्रै किन?

- इ. रामकुमार श्रेष्ठ , काठमाडौँ

नेपाल बाहिर रहदा विशिष्ठ व्यक्तीलाई विना सुरक्षा घेरा कार्यक्रममा उपस्थित गएको देख्दा अचम्म लाग्नु स्वभाबिकै पनि हो। जवकी नेपालमा हरेक विशिष्ठ व्यक्ति विना सुरक्षा घरवाट पनि वाहिर निस्कदैनन्। उहाका भोगाई तथा उदाहरण जस्ताको त्यस्तै:

१९जुन,

२०१३, १४:३० बजे अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डको कार्यकक्षमा नेपाली समुदायका तर्फबाट अस्ट्रेलियाली सरकारलाई शान्तिका प्रतिक वुद्धको मूर्ति उपहार रअस्ट्रेलियाको विकासका साथसाथै अस्ट्रेलियामा शान्ति कायम होस भन्ने शुभ-कामनाका साथ लुम्बिनी कपिलवस्तु दिवस अभियानका तर्फबाट पत्र दिन प्रबेश गर्दा सहायकमन्त्री डेभिड ब्राडबरी र सांसदमिशेल रोलान्ड वाहेक कुनै पनि सुरक्षाकर्मी थिएनन ।

                                      

१५ अगस्ट, २०१५ का दिन मेरो आफ्नै निवासमा अस्ट्रेलियाकै प्रभाबशाली नेता, पूर्व मन्त्री एबं तात्कालिन अध्यागमन तथा सीमा सुरक्षा छायाँ मन्त्री रिचार्ड मार्ल्सको प्रमुख र सांसद क्रिस्चिनकौजिन्स र भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको बिशेष आतिथ्यतामा आयोजित देशको सम्बृद्धिका लागिू बिचार गोष्ठिमा कुनै पनि सुरक्षाकर्मी आएका थिएनन ।कार्यक्रम सकिंदा राती भैसकेको थियो, र नेता रिचार्ड मार्ल्स र सांसद क्रिस्चिन कौजिन्सलाई छाड्न गाडीसम्म जाँदा त्यहाँ पनि सुरक्षाकर्मी देखिएनन ।

                                     

९ अगस्ट, २०१३ का दिन अस्ट्रेलियाको भिक्टोरिया राज्यका बर्तमान मुख्य मन्त्री तथा तात्कालिन प्रतिपक्षी नेता डानियल आन्ड्र्युज, छायाँ मन्त्री जेनी मिकाकोस र सांसद इयान ट्रेजिज उपस्थित भएकोकार्यक्रममा न त कुनै सुरक्षाकर्मी थिए न त उनीहरु आउँदा दाँया बाँया लागेर आउने नै थिए । कार्यक्रमको सन्चालन सांसद इयान आँफैले गरेका थिए । अतिथिहरु बस्ने ड्यासमा अत्यन्तै सामान्यदुई टेबल, सामान्य मेचहरु, एउटा पानीको बोत्तल र एउटा गिलास देखिन्थे । यी सबै देख्दै गर्दा मेरो मानसपटल यो स्तरका नेताहरुको उपस्थिति हुँदा नेपालमा आयोजना गरिने कार्यक्रमको तामझाम चित्रणगर्न ब्यस्त थियो ।

                                 

२७ फेब्रुअरी, २०१६ का दिन अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबहरुमध्येको पाको फेस्टामा बहुसांस्कृतिक र आर्थिक जिम्मेवारी सम्भालेका मन्त्री रविन स्कट र सांसद क्रिस्चिन कौजिन्सनेपाली समुदायका बीच आउने त निस्चित नै थियो, कथंकदाचित अस्ट्रेलियाकै प्रभाबशाली नेता एबं पूर्व मन्त्री रिचार्ड मार्ल्स वा भिक्टोरियाका मुख्य मन्त्री डानिय आन्ड्र्युज पनि आइहालेको अवस्थाको लागि मैले तीनवटा खादा बोकेको थिएँ मन्त्री रविन स्कट र सांसद क्रिस्चिन कौजिन्सको साथमा अर्का एकजना पनि आएका थिए, तर मैले दुई जनालाई मात्रै खादा लगाइदिएपछि मन्त्री स्कटले आफूसंगैभएका अर्का एकजनाको गलामा आफूलाई लगाइदिएको खादाको आधी भाग बेरिदिएपछि एउटै खादामा दुइजना समेटिए । यो द्रिस्य सहितका केही फोटोहरु खिचिए । केही समयपछि पुरै खादा ती नयाँब्यक्तिमा देखिन्थ्यो । मनमनै सोचें, मन्त्रीज्यूको रमाइलो ठट्टा । केही समयपछि पहिला आधी र पछी पुरै खादाका भागीदार बनेका ब्यक्ति मेरो नजिक आए र आफ्नो कार्ड दिए । कार्ड हेर्ने वित्तिकै म अचम्भित भएँ, किनकि ती ब्यक्ति त पर्यटन मन्त्री जोन एरेन रहेछन । नेपालमा हुन्थ्यो भने संगै हुने सुरक्षाकर्मी र केही अन्य ब्यक्तिका आधारमा नै अनुमान गर्न सकिन्थ्यो कि उनी मन्त्री हुन भनेर ।यदि पहिले नै थाहा भएको भए मसंग उन्को लागि पुग्ने खादा पनि थियो ।

                               

माथि उल्लेख गरिएका उदाहरणहरु सबै कुनै गरीब देशको नभएर मानब विकास सूचांकका आधारमा दोश्रो ९०।९३३० र जिडिपिका आधारमा दशौं प्रतिब्यक्ति सरदर आय ४४४,३४६० विकसित देश अस्ट्रेलियाका हुन । नेपालमा मन्त्री वा मन्त्री भैसकेका ब्यक्तिहरु जे जस्तो रबाफका साथ हिडडुल गर्ने एउटा संस्कार विकसित भैसकेको छ, त्यो संस्कारमा अभ्यस्त भएकाहरुका लागि उपर्युक्त उदाहरणहरु अपत्यारिला कथा जस्ता लाग्न सक्छन । गरीब देशका लागि अपत्यारिला कथा जस्ता लाग्ने धनी देशका यस्ता यथार्थताहरुका भुक्त भोगी हामी यस्ता यथार्थताहरुलाई आफ्नै गरीब देशमा पनि भित्र्याउन पाए देशलाई कायापलट गर्ने एउटा महत्वपूर्ण पक्ष हुन सक्थ्यो भनी यता चिन्तित हुन्छौं ।

वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले २०१० को मइमा प्रधानमन्त्री पद गुमाएपछि २०१२ को फेब्रुअरीसम्ममा चौध लाखभन्दा बढी पाउण्ड कमाए भने वेलायतकै अर्का पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले २००७ मा प्रधानमन्त्री पद गुमाएपछि सोही समयसम्ममा एक करोड बीस लाख पाउण्ड । दुबै जनाको आम्दानीको मूल श्रोत अन्तराष्ट्रिय जिम्मेवारी हो भने ब्राउनले साउदी अरेबिया, मस्को र नाइजेरियामा दिएको भाषणबाट मात्रै एक लाख पचासी हजार पाउण्ड कमाए । टोनी ब्लेयरले त झन आफ्नो डेढ घण्टाको भाषणबाटै दुई लाख पचास हजार पाउण्डसम्म हात पार्छन । यदि उनीहरु आफ्नो प्रधानमन्त्री पद गुमाएपछि कतै नगै सांसद नै भएर बसिरहेका हुन्थे र कुर्सी गुमाउनु परेको रन्कोमा बदलाभावका कारण प्रतिपक्षी बनेर फतफताइ रहेका हुन्थे भने उनीहरुको मर्यादा समाप्त प्रायस् हुन सक्थ्यो । त्यसो नगरी अन्तराष्ट्रिय एबं सामाजिक जिम्मेवारी पुरा गर्दै प्रधानमन्त्री हुँदाभन्दा धेरै गुणा बढी आम्दानी मात्रै गरिराखेका छैनन, बरु आफ्नो साख पनि जोगाइराख्न सफल भएका छन । बिकसित देशको यो संस्कारलाई हामीकहाँ भित्र्याउन नसकिउन्जेल न त बिकृत राजनीतिक अवस्थामा सुधार आउन सक्ने देखिन्छ, न त देश अगाडि बढने आशा गर्न सकिन्छ । हामीले दिनदिनै सुन्ने गरिएका नेताहरुका झिज्यारलाग्दा अनाबस्यक फतफतावट मूलतस् राजनीतिमा प्रबेश गरेपछि यस्मा आजीवन बसिरहने प्रबृति र संस्कारको परिणाम हो ।

नेपालको सन्दर्भमा राजनीतिज्ञहरु देशको महत्वपूर्ण कुराहरुमा ध्यान केन्द्रित गर्नुभन्दा गुमेको पद पुनस् कसरी हत्याउने र पाएको पद कसरी जोगाउने भन्नेतिरै संपूर्ण ध्यान केन्द्रित गरिराखेको देखिन्छ । यस्तो अवस्थामा रचनात्मक सोंच र कृयाकलाप खटकिनु स्वाभाबिकै हो, जुन हामीले देखिरहेका छौं , भोगिरहेका छौं । यो संस्कार नतोडिंदासम्म देशले यथास्थितिबाट मुक्ति पाउने संभाबना देखिन्न । नालायक र भ्रस्ट भनेर चिनिएका, असफल भनेर प्रमाणित भएकाहरु नै शासन पद्धति फेरिंदा समेत घुमिफिरि बारंबार सत्ता सन्चालन कार्यमा अबसर पाइरहने र जनताद्धारा तिरस्कृत हुँदा पनि राष्ट्रिय राजनीतिलाई प्रभाब पार्ने अबसर दिइरहने अनि देशमा अलि संबेदनशील अवस्था सिर्जना हुने बित्तिक्कै तिर्थस्थल जाँदै दीक्षा लिएर आउनेहरुका गतिबिधिहलाई संधै टुलुटुलु हेरेर बसिरहने हो भने यस्ले देशलाई अग्रगामी दिशातिर उन्मुख गराउने ढोकाहरु बन्द प्रायस् गरिदिनु स्वाभाबिकै हो ।

बिदेशमा राष्ट्रिय जिम्मेवारी लिएका ब्यक्ति आफ्नो पुरानो सामान्य काममा फर्कनु सामान्य कुरो हो, तर हामीकहाँ मन्त्री बनेपछि दुई चार जनालाई संधै अघि(पछि लगाएर आजीवन राष्ट्रिय राजनीतिज्ञको रवाफमा बस्नु पर्ने र बस्न दिने संस्कार प्रबल देखिन्छ । एक्काइसौं शताब्दीमा पनि यस्लाई कायमै हुन दिनु भनेको देशलाई संधै दबदबे हिलोमा भाँसिराख्नुभन्दा बढी केही हुने छैन । कुनै पेशा गरेर बाँच्न सक्ने ब्यक्ति मात्रै राष्ट्रिय राजनीतिमा प्रबेश गर्न सक्ने र बिकसित देशमा जस्तै निश्चित समयभन्दा बढी राष्ट्रिय राजनीतिमा प्रत्यक्ष रुपमा सकृय भैराख्नबाट जोगाउने ब्यबस्था नगर्ने हो भने सलाइन पानी लिंदै देश हाँक्ने महामारीबाट देश संधैं संधै आक्रान्त हुन सक्ने संभावनालाई नकार्न सकिन्न । पूँजिबादी भनिने देशहरुमा समाजबादी भन्न मिल्ने प्रसस्त छनक पाइने जत्ति पनि छनक समाजबादीको रुपमा देखाउन खोज्ने हाम्रा समाजबादीहरुमा देख्न नसकिने पक्ष एकातिर छ भने अर्कोतिर कुर्सीको लागि प्रसस्त रकम खर्चने र आसेपासेलाई राख्ने कार्यले भ्रस्टाचारलाई प्रश्रय दिइरहेको हुन्छ । यही परंपराको कारण राजनीतिज्ञहरु आफ्नो पुरानो पेशामा नै फर्कने अथवा सामाजिक कार्यमा लाग्ने भन्ने कुरा हाम्रो सन्दर्भमा ‘आकाशको फल आँखा तरी मर’जस्तै भएको छ ।

अन्तरराष्ट्रिय पत्रिका इकोनोमिस्टका अनुसार वेलायत, फ्रान्स, जर्मन र अमेरिकाका नेताहरुको सरदर उमेर ७० बर्षभन्दा माथि देखिन्छ । त्यसरी नै ७० देखि ८० को दशकमा नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । २०१० सम्मका नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । यी चार देश बाहेक अन्य बिकसित देशहरुमा समेत नेताहरुको उमेर प्रायशस् ६० भन्दा कम देखिन्छ । हरेक कुरा तिब्र गतिमा परिवर्तनशील आजको बिज्ञान र प्रबिधिको युगमा राष्ट्रिय, अन्तराष्ट्रिय र बिभिन्न पुस्ताहरुका बीच सन्तुलन कायम गर्न पनि यो उमेरका ब्यक्तिहरुको नेतृत्वदायी भूमिका उपयुक्त देखिन्छ । प्राप्त जिम्मेवारी पुरा गर्नुपर्ने जिम्मेवारी बोधका कारण पश्चिमा देशहरुमा सकभर पाएको जिमेवारीबाट समेत पन्छनेहरु प्रसस्त पाईन्छन, तर हामीकहाँ अधिकारमुखी मात्रै भएर व्यबहारमा कर्तब्यबोध नभएकाहरु बलेको आगो बन्न र केही गर्न नसके पनि राष्ट्रिय सुबिधाको उपभोग गर्न बिना संकोच तछाड मछाड गर्नेहरुको हावी छ ।

पार्टीहरुका बीच र पार्टीभित्र पदका लागि च्याँखेका लागि साइत र जोखना हेर्ने परिपाटीले जन चाहना बिपरितका अनुहारहरु प्राथमिकतामा पर्ने वा पारिने परिपाटीको प्रबलताले प्रजातन्त्र उपहास हुने र कम्जोर हुने काम भएको छ जस्ले देशलाई यथास्थितिमा नै जकड्याइराख्ने काम भएको छ । त्यस्तै अनावश्यक किसिमले देखा परेका अनगिन्ति पार्टीहरुका कारण समानुपातिक मार्फत पुराना अनुहारहरु नै संसदमा फुतु फुतु देखा पर्ने संभावनालाई नकार्न सकिन्न । यसरी समयानुकूल मान्न नसकिने असफल र अयोग्य प्रमाणित भैसकेकाहरुकै राष्ट्रिय राजनीतिमा प्राचुर्यताबाट देशलाई जोगाउन नसकिंदासम्म देश संधै यस्तै दलदलमा फँसिराख्ने कुरामा सन्देह छैन ।

अतस् लोकप्रिय हुन नसक्नु र सभ्य राजनीति गर्न नसक्नाले राजनीति झन्डैझण्डै गुण्डागर्दीमा परिणत हुनुको परिणाम नेताहरु तीब्र आलोचना र प्रतिकूलबातावरणका बाबजूद सुरक्षा र सुबिधामुखीबनिरहेका छन । गरीब देशका धनी नेताहरु र पार्टीहरुको देशले थाम्न नसक्ने यस्ता असान्दर्भिक र नसुहाउँदो तडक, भडक र रबाफलाई धनी र बिकसित देशका उपर्युक्त व्याबहारिक संस्कारले प्रतिस्थापननगरेसम्म देश अगाडि बढन सक्तैन । एकचोटी सांसद र मन्त्री भएपछि राज्यको ढिकुटीको दुरुपयोग गर्दै तयार पारिएका अगाडि पछाडि गर्नेहरुको रबाफमा आजीवन जिउने हाम्रो संस्कारको अन्त्य आफूआबद्ध नभएको पार्टीको मात्रै बिरोध गरेर आ(आफ्नो झुण्डमा रमाउनेहरुमा पनि परिवर्तन नआएसम्म सम्भब छैन । त्यसैले आफ्नाहरुको तालीमा रमाउने र हराउने नेताहरु जति देशको दुर्गातिको लागिभागीदार छन त्योभन्दा कम उनीहरुलाई स-साना स्वार्थका लागि ताली र हजुरु रुपी गजुर दिएर उक्साउनेहरु पनि छन भन्न सकिन्न । आदर गर्न लायक नेताहरु खटकिएको बर्तमान अवस्थामा सबैपार्टीभन्दा माथि उठेर सोच्न सकिएन भने नेताहरु बोत्तल फेरिएका पुराना रक्सी बनिरहने भएकोले देशले थेग्न नसक्ने गरीब देशका महंगा नेता र कार्यकर्तालाई सही दिशामा ल्याउन हाम्रो सोंच पनिफराकिलो बनाउनै पर्छ ।

Facebook Comments