ताजा समाचार

फागुन १६ गते २०७३

चलचित्र लम्फू घोषणा

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र लम्फूुको औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौँ लामो वर्कसप र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले कास्ट एण्ड क्रियू सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।

शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु किन लाग्छ मायाु, बोक्सी र दि मिररु निर्माण भईसकेका छन् साथै पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा “ओ माइ म्यानु” नामको लघु चलचित्र पनि निर्माण गरिसकेको छ ।

                                  

सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा फिल्मले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व अष्ट महर्जनको रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।

पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा लम्फू खिचिनेछ ।

चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् । लम्फूबाट डेब्यू गर्न लागेका कबिर अस्कर कलेजबाट स्नातक गरेका हुन् ।