ताजा समाचार

फागुन २० गते २०७३

साकिरालाई चोरीको आरोप

- सेतो परेवा सम्वाददाता,  

क्युवाका एक गायकले कोलंम्बियन पप गायिका साकिरा र कार्लोस भिभेस विरुद्ध साहित्यिक चोरीको मुद्दा दर्ता गराएका छन् । क्युवाका गायकले दश वर्ष अगाडि लेखेको यो गीतको केहि अशं चोरी गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

साकिरा र भिभेस्ले गाएको ला विसिग्लेटा गीतले जर्मन ल्याटिनो अवार्ड जितेको थियो । क्युवाका गायक लिभान राफिएल कास्टल्लानओस्ले भने साकिरा र भिभेसले सन् १९९७ मा बनेको गीतमा यो टि किओरो टान्टो…. गीतको केही पंक्ति र केही भाग चोरी गरेको दाबी गरेका छन् ।

अदालतका प्रवक्ताका अनुसार यो मुद्दा बौद्धिक चोरी, राग चोरी अन्तर्गत छ । क्युवाका गायकले यो मुद्दा स्पेनको एक अदालतमा दर्ता गराएका छन्, जहाँ साकिरा बस्छिन् । एक पत्रिकाका अनुसार दुवै पक्ष सम्झौताको लागि अक्टोबरमा भेटेका थिए, तर सहमति हुन सकेन । समाचार संस्था एएफपीका अनुसार सकिराको टीमले यो विषयमा जवाफ दिन मानेको छै

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com