ताजा समाचार

चैत्र २९ गते २०७३

पर्वतीय संग्राहलयको अनियमितता प्रकरण थप रहस्यमयी लेनदेन पछि छानविन विचमै तुहियो

- यदुनाथ बञ्जारा, सराङकोट साप्ताहिक

नेपाल पर्वतारोहण संघ अन्तर्गत पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय पछिल्लो समयमा विवादको उत्कर्षमा पुगेको छ । ८ हजार मिटर भन्दा कम उचाइका हिमालहरुको आरोहरण रोयल्टीबाट चल्ने संस्था पर्वतारोहण संघ सार्वजनिक महत्वको संस्था भएपनि संघ र सो मातहतको पोखरा १७ घारिपाटनमा रहेको अन्तराष्ट्र्रिय पर्वतीय संग्राहलय मनोमानी ढंगले चल्ने अखडाको रुपमा परिचित बन्दै गएको उदाहरणहरु एक पछि अर्को गर्दै सार्वजनिक हुदै गएका छन् ।

अन्तराष्ट्र्रिय नाम राखेर चलेको संस्था पर्वतीय संग्राहलय पोखराको व्यवस्थापनले संग्राहलय भित्र गरेका कतिपय अनियमित क्रियाकलापहरुलाई सराङकोटले सार्वजनिक गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने प्रयच्न गरेको थियो। यस अघिका अख्तियार क्षेत्रीय प्रमुख जानकी वल्लभ अधिकारी र डि.एस.पी स्वयम् संग्राहलय परिसरमा पुगेर सार्वजनिक खरिद नियमावली विपरित ३० लाख रुपैयाको क्लाइम्विङ वाल निर्माण प्रकरण को वारेमा छानविन अघि वढाएको संकेत दिएको थियो तर सोचे जसरी अगाडि वढ्न सकेन छानविन किन अनुत्तरीत छ प्रश्न।

यस्तै संग्राहलय परिसरमा राखिएको त्रिमुत्तिको शालिक राष्ट्रपति विद्या भण्डारी वाट अनावरण गरेको १५ महिना वितिसक्दा पनि खड्क विक्रम शाहको शालिक राख्न असक्षम देखिएको छन् । पर्वतारोहण संघका उपाध्यक्ष समेत रहेका संग्राहलयका संयोजक सन्तविर लामा स्वयम् संग्राहलय स्थापनाकालदेखि नै संग्राहलय भित्र होटल व्यवसाय संचालन गर्दै आएका छन् । संग्राहलय प्रमुख राई अस्थायी करारमा नियुक्त गएका कारण एन एम ए व्यवस्थापनले उनलाई दारा नंग्रा फुस्काएको वाघ झै गरि निमित्त भूमिका दिएर राखेको छ काम जति एन एम एका सन्त विर लामा, दिवस विक्रम शाह लगायतले मनोमानी ढंगले गर्दै आएका छन् । जुन कुरा राई स्वयम्ले पनि क्लाइम्विङ वाल निर्माण सम्वन्धि दर्साएको अनविज्ञले नै पुष्टि गराएको छ ।

कारवाही गर्छु भन्ने  माओवादीको पनि मिलेमतो

भ्रष्टाचार अनियमितता ढिलासुस्ती, ठगी तस्करी विरुद्ध जेहाद छोडने विगुल फुकेको नेपालको क्रान्तिकारी पार्टी नेकपा माओवादीले पनि संग्राहलय प्रकरणका विषयमा वाहिर आएक ाविषयहरुमा ध्यानाकर्षण भएको जनाउँदै संग्राहलय सम्बद्ध जिम्मेवार व्यक्तिहरु सँग सोधपुछ जानकारी पनि लियो । माओवादी कास्कीका जनसरकार प्रमुख सहित जिल्ला सेक्रेटरी सहित संग्राहलय पुगेर सुरुमा छानविन गरेका थिए तर केहि दिन भित्रै छानविनले नयाँ मोड लिए पछि छलफलमा पुगेर छलेर फल खाएको वुझिन आएको छ ।

संग्राहलय संयोजक तथा एनएमएका उपाध्यक्ष सन्तविर लामाले चेकवाट माओवादी नेता भिम चापागाई नामक व्यक्तिलाई आर्थिक सहयोग दिइए पछि संग्राहलय प्रकरणले मौन व्रत लिएको छ । माओवादी क्षेत्रीय व्यूरो कार्यालयका सचिवालय सदस्य समेत रहेका भिम चापागाई संग्राहलयवाट चन्दा लिएपछि प्रकाशन विभागमा सरुवा गराइएको वुझिन आएको छ ।

छानीवन प्रकरणलाई समेत रोक्ने गरि भएको माओवादीको चन्दा विवादमा कास्कीका जनसंस्कार प्रमुखले आफू अनविज्ञ रहेको पार्टी सम्वद्ध कार्यकर्ताहरु समक्ष वनाएका छन् । व्यूरो सचिवालय सदस्यले अन्तराष्ट्रिय पर्वतीय संग्राहलय वाट लिएको रकम व्यक्तिगत हो कि पार्टीगत भन्ने विषयमा अन्योलता सिर्जना गराएको छ । जनसरकार प्रमुख स्वयमले आर्थिक सहयोग वुझेको वारेमा अनविज्ञता छरपस्ट भएपछि चन्दा सहयोग प्रकरण का सम्बन्धमा पार्टी भित्रका इमान्दार कार्यकता वृतमा असन्तुष्टि व्यक्त हुन थालेको छ ।

पार्टीले जनतालाई न्याय दिनु र कार्यकर्ताको संरक्षण गर्नु पर्नेमा आर्थिक लालचमा मुछिन थालेपछि कार्यकर्ताले मनोवल गिर्न सक्ने र त्यसको नकारात्मक परिणाम पार्टीले वेहोर्नु पर्ने तर्क पनि नेकपा माओवादी (विप्लव) का इमान्दार कार्यकर्ता वृतमा चलेको छ ।

संग्राहलयको लेनदेन प्रकरण र त्यसले उव्जाएका विभिन्न प्रश्नहरुको वारेमा भुसको आगो झै सल्किएको विषय लाई पार्टीले कस्तो प्रतिकृया दिन्छ त्यो भने प्रतिक्षाको विषय वनेको छ । पार्टीका सल्लाहकार वृतमा पनि यो विषयले प्रवेश पाएको अवस्था छ। अन्तराष्ट्रिय पर्वतीय संग्राहलय भित्रका अनियमितता ढाक छोप गर्ने योजना स्वरुप आर्थिक चलखेल भएको हो वा होइन भन्ने विषय र लेनदेन किन के उद्देश्यका लागि क–कसको योजना र स्वार्थका लागि भएको हो भन्ने विषयले निकास पाउन जरुरी छ । पार्टी स्रोत भन्छ यस्तै कार्यसैली कायम रहने हो भने हाम्रो पार्टी र अरु पार्टीमा के अन्तर रह्यो र ?
लेनदेन पछि छानविन विचमै तुहियो

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com