ताजा समाचार

वैशाख २ गते २०७४

गायक ईश्वर सिंहको पन्चेबाजा “साइली” बजारमा (भिडीयो सहित)

- थम्मन थापा , गल्कोट

नयॉ वर्ष २०७४ को आगमन सॅगै सम्पूर्णमा शुभकामना सहित गल्कोटे पञ्चेबाजामा आधारित गीत साईली बजारमा आएको छ । गल्कोटे प्रतिभा चर्चित लोक तथा दोहोरी गायक ईश्वर सिंह र अमृता नेपालीको सुमधुर आवाजमा सजिएको उक्त गीतको शब्द चन्द्र खत्रीको रहेको छ ।

बागलुङ गल्कोट मल्मको एेतिहासिक परम्परागत होली पूर्णिमा मेलामा उक्त गीत गत फागुनमा छायाङकन गरिएको थियो । गाउॅले परिवेश समेटेर तयार गरिएको उक्त गीतमा मौलिक पञ्चेबाजाको गीतमा गायक ईश्वर सिंह र चर्चित मोडल सारिका केसीले अभिनय गरेका छन ।

गायक सिहंले जिल्लाको पर्यटकीय स्थल घुम्टे लेक र घुम्टे युवा परिवार मल्मको एेतिहॉसिक परम्परागत होली पूर्णिमा मेलालाई गीतको भिडियोमा उतारिएको चर्चित निर्देशक प्रकाश भट्टले बताए ।

गीतमा विवाह पछि सोझो केटालाई फसाएर धोका दिएपछि जारी तिर , दुख पिर भन्ने कुरा कस्तो हुन्छ आफुले भोगेपछि मात्र थाहा हुने विषयलाई कथावस्तु बनाईएको छ । गीत पूर्ण सफलताको लागि हाम्रो पनि शुभकामना ।