ताजा समाचार

वैशाख २४ गते २०७४

भारत भ्रमणमा जस्टिन बिबर : सुरक्षाका लागि दुईवटा फाइभस्टार होटेल बुक

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

जस्टिन बिबर पाँच दिनको कन्सर्ट टुुरका लागि पहिलोपटक भारत आउँदै छन् । १० मेमा मुम्बईको डिवाई पाटिल स्टेडियममा उनले प्रस्तुति दिँदै छन् । यसका लागि ठूलो तयारी भइरहेको छ । जस्टिनकै मागअनुसार तयारी भएको आयोजक ह्वाइट फक्स इन्डियाले जनाएको छ ।

 जस्टिनको सुरक्षा, बसाइ, खानपानलगायत सम्पूर्ण लाइफ स्टाइलका लागि भइरहेको तयारी निकै उच्चस्तरको छ । आयोजकले जारी गरेको जस्टिनको ‘डिमान्ड लिस्ट’ भन्दै भारतीय मिडियाले यसरी सार्वजनिक गरेका छन् ।

-जस्टिनको सुरक्षाका लागि भन्दै दुईवटा फाइभस्टार होटेल बुक गरिएको छ । होटेलका १३ वटा कोठा बुक गरिएका छन् ।

-जस्टिनको ड्रेसिङ रुममा सबै सेता पर्दा राखिएका छन् । यो कोठामा काँचको फ्रिज छ ।

-जस्टिनको कोठामा विभिन्न तरलपदार्थका २४ वटा बोतल छन्, ६ वटा भिटामिन पानीको बोतल, ४ इनर्जी ड्रिंक्स, ६ वटा क्रिम सोडा तथा विभिन्न किसिमका फलफूलका रस राखिनेछ ।

-जस्टिनको खानाको लिस्टमा भेज र ननभेज दुवै किसिमका परिकार छन् । हेल्थ फुडको नाममा नरिवल पानी, बदाम सेक, प्रोटिन पाउडर, अर्गानिक मह र केरा तथा हर्बल चिया र ताजा फलफूल समेटिएको छ । नयाँ पत्रिकामा खबर छ ।

-आयोजकले जस्टिनको पूरा टिमका लागि विभिन्न आकारका टिसर्ट उपलब्ध गराउनेछ ।

-जस्टिनका लागि १० वटा विलासी कार र दुई बस बुक गरिएको छ । कारको सुरक्षाका लागि भारत सरकारको सुरक्षा संयन्त्र खटाइनेछ । जस्टिनले आफ्ना आठ सुरक्षाकर्मी पनि साथै राख्नेछन् ।

-कन्सर्टका लागि होटेलदेखि स्टेडियमसम्म जस्टिन सडकबाट होइन, हेलिकोप्टरबाट जानेछन् । आयोजकले एउटा प्राइभेट जेट प्लेन बुक गर्नेछ।

-जस्टिनले आफ्नो सोफासेट, प्ले–स्टेसन, वासिङ मेसिन र टेबल टेनिसको टेबल पनि साथै ल्याउनेछन् । साथमा परिवारसहित एक सय २० जनाको टोली रहनेछ ।

-जस्टिनको कन्सर्टको टिकट हजारौँमा बिक्री भएको छ । टिकट चार हजारदेखि ६५ हजार रुपैयाँसम्ममा बिक्री भएको छ ।

जस्टिनको सुरक्षामा सलमानका बडिगार्ड

पपस्टार जस्टिन बिबरले १० मेमा भारतको मुम्बईमा म्युजिक कन्सर्ट गर्दै छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चित युवा गायक जस्टिन भारतमा आउने भएपछि अनेकन चर्चा भइरकेका छन् । उनको सुरक्षा बन्दोबस्तीबारे विभिन्न खबर आइरेका छन् । खबरअनुसार २० वर्षदेखि बलिउड अभिनेता सलमान खानको बडिगार्डको जिम्मेवारी सम्हाल्दै आएका शेरा उर्फ गुमित सिंह जस्टिनको सुरक्षामा खटिनेछन् ।

शेराले जस्टिनलाई सुरक्षा दिने निर्णयसँगै सलमानले खुसी व्यक्त गरेका छन् । शेरा कुनै कलाकारको आसपासमा हुुँदा कुनै चिन्ता गर्नु नपर्ने र यो सवालमा खान परिवार नै खुसी रहेको सलमानले बताएका छन् । उनले यो शेरा र आफू दुवैका लागि मुख्य चुनौतीपूर्ण सम्झौता रहेको भन्दै उनले जस्टिनलाई कुनै समस्या निम्तिने मौका नदिने दाबी गरे । जस्टिन मुम्बईबाहेक दिल्ली र जयपुरसमेत जाने कार्यक्रम छ ।

शेरा यसअघि माइकल ज्याक्सन, विल स्मिथ, ज्याकी चैन, पेरिस हिल्टन, डायना किङलगायत अन्तर्राष्ट्रिय सेलेब्रिटीको सुरक्षामा खटिइसकेका छन् ।