ताजा समाचार

वैशाख २४ गते २०७४

बर्दियामा यसवर्ष २.७६ प्रतिशतले गहुँ उत्पादनमा वृद्धि

- सेतो परेवा सम्वाददाता, बर्दिया

बर्दियामा यसवर्ष गत वर्षको तुलनामा २.७६ प्रतिशतले गहुँ उत्पादनमा वृद्धि भएको छ ।यसवर्ष १७ हजार आठ सय हेक्टर क्षेत्रफलमा गहुँखेती
गरिएकोमा ६१ हजार चार सय सय १० मेट्रिक टन गहुँ उत्पादन भएको  जिल्ला कृषि विकास कार्यालय बर्दियाका बाली विकास अधिकृत जयबहादुर महतराले बर्दियामा गहुँखेतीबाट गत वर्ष ५९ हजार सात सय ५५ मेट्रिक टन उत्पादन भएको थियो ।

यस वर्ष खेतीयोग्य जमिन दुई सय २५ हेक्टर क्षेत्रफल वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।हिउँदे वर्षा राम्रो भएको र जिल्लामा मल अभाव भए पनि सीमावर्ती भारतीय बजारबाट किसानले आपूर्ति गरेका हुनाले आवश्यक समयमा खेतीले मल पाउँदा उत्पादन बढेको छ ।बर्दिया जिल्ला धान उत्पादनको दृष्टिले प्रमुख मानिए पनि गहुँ उत्पादनका हिसाबले राम्रै मानिन्छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com