ताजा समाचार

जेठ ७ गते २०७४

कालिका भगवती मन्दिरमा नगर प्रमुख उप प्रमुखलाई स्वागत

- सेतो परेवा सम्वाददाता, बागलुङ

नेपालकै प्रशिद्द शक्ति पिठ कालिका भगवती मन्दिर परिसरमा बागलुङ नगरपालिकाका नब निर्वाचित  मेयर र उप मेयरलाई स्वागत तथा सम्मान गरियो  ।

कालिका भगवती गुठी ब्यबस्थापन समितिका सल्लाहकार जनक पाैडेल र सुरेन्द्र खड्कालाई बागलुङ क्षेत्र नम्बर १ का सांसद तथा गुठीका सल्लाहकार चम्चा देबि खड्का गुठीका अध्यक्ष राजु खड्काले मायाकाे चिनाे  फूल  माला र खादा अाेधाएर सम्मान तथा स्वागत गरिएको थियो । सांसद चम्चा देबि खड्काले बागलुङ नगरपालिका नब निर्बाचित प्रमुख उप प्रमुखलाई स्वागत गर्दै कालिका भगवती मन्दिरकाे बिकासमा अाफुले पनि सहयोग गर्ने जन प्रतिनिधि ले पनि सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिका का मेयर जनक पाैडेलले अाफुले निर्वाचनमा प्रकाशित गरेको चुनावी  घाेषणा पत्र अनुसार कालिका भगवती मन्दिरकाे बिकासकाे लागि सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उप प्रमुख सुरेन्द्र खड्काले नेपालकै प्रशिद्द कालिका भगवती मन्दिरकाे पन्च बर्षिय योजनालाई सफल पार्न अाफुहरूले सक्ने सहयोग गर्ने धारणा राखेका थिए ।कार्यक्रमकाे अध्यक्षता कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काले कार्यक्रम संचालन गुठीका सदस्य एबंम प्रचारप्रसार समितिका संयाेजक राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com