ताजा समाचार

जेठ ९ गते २०७४

चलचित्र पत्रकारीता दिवसको अवसरमा हेटौडामा दुई पत्रकार र एक कलाकार सम्मानित

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

चलचित्र पत्रकारीता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले भब्य कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम्म सम्पन्न गरेको छ । हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना गरीएको कार्यक्रममा चलचित्र पत्रकारितामा लामो अनुभव संगालेका तथा संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।
      
शाखा अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो भने चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको विशिष्ट आथित्यता रहेको थियो । सम्मानित शान्तिप्रियलाई नगद ११ हजार १ सय ११ राशि सहित क्रमस सम्मानपत्र ,दोसल्ला र ढाकाटोपी लगाएर सम्मान गरेको थियो । यसैगरी पत्रकारिता पुरस्कार२०७४ मार्फत पत्रकार कपिल खड्कालाई पुरस्कृत गरिएको छ भने कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मान गरिएको हो । पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी पाच पाच हजार सहित ताम्रपत्र ,दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको थियो । संघले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानलाई थप गरेको छ । सम्मानित शान्तिप्रिय दुई दशक भन्दा लामो समय देखी निरन्तर पत्रकारीता गर्दै आईरहनु भएको छ । उहा दुई दशकदेखी चलचित्र पत्रकार संघको केन्द्रिय अध्यक्ष समेत भैसक्नु भएको छ ।
                     
 पत्रकार खड्का टिम टेलिभिजन हेटौडामा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् । कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् । संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवापुर बाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ । संघले विगत ५ वर्षदेखि  चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । संघले  यसअघि पत्रकार  रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम दहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ । कार्यक्रम्मा प्रमुख अतिथी बोर्ड सदस्य महर्जनले पछिलो समय चलचित्र क्षेत्रमा पढेलेखेका युवापुस्ताको आगमनले अझ परिस्कृत हुदै आईरहेको बताउनु भयो ।
 
उहाले पहिले पहिले जस्तो हिरो बन्ने रहरले यो क्षेत्रमा लगानी गर्न आउनेहरुको ताती नरहेको बताउनु भयो । यस्तै कार्यक्रम्मा नेपाल पत्रकार महासघ मकवानपुर शाखाका अध्यक्ष हरी हुमगाई,चलचित्र पत्रकार संघ दाग शाखाका अध्यक्ष धु्रबराज न्यौपाने,बुटवल शाखाका अध्यक्ष सुमन श्रेष्ठ,मकवानपुर उधोण बाणिज्य संघका उपाध्यक्ष कृष्ण कटुवाल,नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदय,सममानित कलाकार भोलाराज साापकोटा,शान्तिप्रिय लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com