ताजा समाचार

जेठ २४ गते २०७४

आयरल्याण्डमा समलिङ्गी प्रधानमन्त्री

- सेतो परेवा सम्वाददाता,  

एजेन्सी । आयरल्याण्डको सत्ताधारी गठबन्धनका नेता लियो बराडकर प्रधानमन्त्री बन्ने पक्का भएको छ । आयरल्याण्डमा सम्पन्न मतदानमा ६० प्रतिशत मत प्राप्त गरी प्रतिद्वन्द्वी हाउजिङ मिनिस्टर साइमन कोबेनीलाई हराउँदै उनी सत्ताधारी गठबन्धन दलका नेता बनेका छन् । बराडकर चयन भए आयरल्याण्डका पहिलो समलिङ्गी प्रधानमन्त्री हुनेछन् । मतगणना कार्य सम्पन्न भएपनि पूर्वप्रधानमन्त्री एण्डा केनीले केही हप्तापछि सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

३८ वर्षीय बराडकर आयरल्याण्डका सबैभन्दा कान्छो उमेर समूहका प्रधानमन्त्री बन्नेछन् । यसरी कम उमेरमै र एक समलिङ्गी आयरल्याण्डको प्रधानमन्त्री बन्ने भएपछि अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रीत भएको छ ।

आयरल्याण्डलाई युरोपको सबैभन्दा रुढिवादी देशको रुपमा लिने गरिएको छ । तर भाराड्कर रुढिवादी देशको उदारवादी अनुहार बन्न सफल हुनुभएको छ । सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्धविच्छेद गैरकानुनी रहेको देशको उहाँ पहिलो समलिंगी प्रधानमन्त्री बन्न लाग्नुभएको छ ।