ताजा समाचार

जेठ २८ गते २०७४

बिन्दुमा सिन्धुको बिमोचन

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

 लघुकथाकार राजन पनेरुको पहिलो लघुकथा बिन्दुमा सिन्धुको राजधानीमा लोकार्पण भएको छ ।

लघुकथा समाजको आयोजनामा भएको उक्त समारोहमा लघुकथा विधामा पहिलो बिध्याबरिधि गर्ने पुस्करराज भट्टले राजन पनेरुका प्रस्तुत लघुकथा संग्रहमा सामाजिक बिबिधता , मानवीय समबेदना उच्च रहेको बताउनुभयो । साहित्यकार डा. रवीन्द्र समीरले राजन पनेरुका लघुकथामा व्यक्तिगत, पारिवारिक,सामाजिक तथा समाजका बिबिध क्षेत्रमा अन्तर्निहित बिकृति, विसंगति र द्वैध चरित्रमाथि कुशल ढंगले प्रहार गरिएको बताउनुभयो । लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बिन्दुमा सिन्धु निकै परिष्कृत लघुकथाहरुको संग्रह भएको बताउनुभयो । लेखक राजन पनेरुले आफ्ना दुइबटा रचना बाचन गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार मंजु काँचुली, दमन बहादुर सिंह,ड़ा. रामहरि ढकाल, तुलसीहरि कोइराला लगायतले बोल्नुभएको थियो ।

७४ वटा लघुकथा संग्रहित बिन्दुमा सिन्धु लघुकथा संग्रह कविडांडा साहित्य समाज, चितवनले प्रकाशन गरेको हो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com