ताजा समाचार

असार ५ गते २०७४

बिष्णु खत्री र जुना श्रीषले लैजाउ जोवन फ्रीको भनेपछि कुलबीर र सृजना फुर्किदै (भिडियो सहित)

- सेतो परेवा सम्वाददाता,  

बिष्णु खत्री लोकसंगातिक क्षेत्रमा लोकप्रिय नामहो बिभिन्न समयमा बिभिन्न किसिमका भाब भएका लोक गितहरु बजारमा ल्याउनु उनिको एउटा नयाँ बिशेषता हो ।  उनले बिगत देखि अहिले सम्म फरक फरक परिवेशमा फरक फरक लोकप्रिय गीता हरु ल्याएका छन् ।
 लोकप्रिय गायक बिष्णु खत्रीले आफ्नो गीत सार्बजनिक गर्दै फेसबुकमा लेखेका छन् ”

अन्तरजातिय बिबाह , दुना टपरी , धरोधर्म सत्ते , राखेर शिरमा हात जस्ता मेरा थुप्रै पन्चेबाजाका गीतहरू यहाँहरूले अत्याधिक रुचाइदिनु भएकोमा यहाँहरू प्रति सधै ऋिण छु । फेरी पनि केहि समयको अन्तरालपछि यहाँहरू समक्ष नयां पन्चेबाजाको गीत धौलागिरीको मेरो आफ्नै YouTube channel मार्फ़त सार्वजनिक गरेको छु । भिडियो हेरेर प्रतिक्रिया दिनुहुन र मन परेमा सेयर पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु “

लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको पछिल्लो पञ्चेबाजामा आधारित “धौलागिरीको” नामक एल्बम बजार तथा युटुबमा सार्वजनिक भएको छ । आफ्ना गीतहरुमा स्थानीयतालाई र जन्म थलोलाई प्रथमिकता दिदै त्यहाँको कला संस्कृति रहनसहनका बारेमा जानकारी दिने उदेश्यका साथ गीत संगीत प्रस्तुत गर्ने खत्रीको विषेशता बन्दै गएको छ । यसै सन्दर्भमा यो उल्बम पनि आफ्नै जन्मगाउँ मल्ममा छायाङ्कन गरि श्रोता तथा दर्शक समक्ष प्रस्तुत गरेका छन् ।

माया प्रेमलाई विषयवस्तु बनाएर प्रेमिकालाई विभिन्न उपमाद्धारा फुर्काउदै आफ्नो बनाउने प्रयासमा विष्णु छन भने आफु विष्णुले भने जति सुन्दरी नभएपनि गनको आखाँमा बस्न सफल भएकोमा गायिका जुना श्रीस दंग छिन ।
पछिल्लो समय कला क्षेत्रमा सक्रिय रहेका कुलविर थापाले यस पञ्चेबाजाले आफ्नो जन्म थलोका संस्कृतिलाई पस्तुत गर्न खत्रीले गरेको योगदान महत्वपूर्ण रहेको बताए । सार्थ उनले गाउँघरका कला र संस्कृतिलाई पहिचान गराउन यस एल्बम सफल हुने बताए । प्रस्तुत एल्बममा स्वर विष्णु खत्री र जुना श्रीसको रहेको छ भने लय शब्द सर्जक विष्णु खत्रीको रहेको छ ।
मल्म नौमति बाजा संरक्षण समाज गलकोट नगरपालिका ७ मा रहेका कलाकारहरुले पञ्चेबाजा प्रस्तुत गरेका छन् भने कुलविर थापा र सृजना क्षेत्रीले राम्रो अभिनय गरेर गीत संगीतलाई जिवन्त बनएका छन् । छायाङ्कनका क्रममा मल्मका स्थानीयको सक्रिय सहभागिता रहेको छ ।