ताजा समाचार

श्रावण ३ गते २०७४

जो ४० मिनेट मुटुको धड्कन बन्द गर्न सक्ने साहासिक व्यक्ती

- सेतो परेवा सम्वाददाता,  

जो कोहीले पनि ४० मिनेटसम्म सास नफेरी बाँचेको घटना सुन्दा नपत्याउन सक्छन् तर अमेरीकाको उत्तरी क्यारोलाइनामा एक व्यक्ति ४० मिनेटसम्म धडकन बन्द भएर पनि बाँच्न सफल भएका छन् ।

गत २६ जुनमा वर्षीय जोन आफ्नो घरमा ल्यापटपमा काम गरिरहेको बेला उनलाई हृदयघात कार्डियाक अरेस्ट वा मुटुको चाल बन्द भएर ढलेका थिए । भाग्वयवस ९११ मा फोन गरेपछि नजिकै रहेका दुई प्रहरी त्यहाँ एक मिनेट भित्र पुगेर उनलाई प्राथमिक उपचार सिपिआर दिन शुरु गरे । करिब ४२ मिनेटसम्म दुवै जनाले पालो पालो ओगबर्नलाई सामान्य स्थितिमा फर्काउन प्रयास गरेका हुन् । सामान्यतय आपत्कालिन सेवा दिनेहरुले २० मिनेटसम्म जीवनको संकेत नपाए सिपिआर दिन नपर्ने नियममा उल्लेख छ । तर, चार्लोटे–मेक्लेनबर्गका दुई प्रहरी अफिसर लरेन्स गुइलर र निकोलिना बाजिचले भने त्यसको वेवास्ता गर्दै ओगबर्नलाई बचाउन प्रयास जारी राखे जसको कारण उनको मुटुको धड्कन चल्न थालेको हो ।

ओगबर्नको मुटुको चाल पुनः शुरु भएपछि प्रहरीले उनलाई अस्पताल पुर्याएका थिए । त्यहाँ उनलाई मेडिकल्ली इन्डुस्ड कोमामा एक हप्तासम्म राखिएको थियो । उनलाई अब ६ महिनासम्म गाडी नचलाउन भनिएको छ । विस्तारै उनी सामान्य काममा फर्किन थालिसकेका छन् ।