ताजा समाचार

श्रावण ४ गते २०७४

‘जग्गा जासुस’ कि अभिनेत्री विदिशाले गरिन आत्महत्या

- सेतो परेवा सम्वाददाता,  

 भर्खरै रिलिज भएको रणबिर कपुरको चर्चित फिल्म ‘जग्गा जासुस’ कि अभिनेत्री ले आत्महत्या गरेकी छिन्। भारतिय मिडियाका अनुसार विदिशाको मृत शरीर सोमबार गुडागाउँस्थित गुरुग्राममा आफ्नै फल्याटमा प्रखामा झुन्डिएको अबस्थामा भेटिएको बताइएको छ ।

सोमबार राती गुडगाउँको सुशान्त लोक आवासीय क्षेत्रमा रहेको एउटा फ्लाटमा उनको शरीर मृत अवस्थामा भेटिएको बताइएको छ । खबर अनुसार असम निवासी विदिशा चर्चित टेलिभिजन अभिनेत्री थिइन्। उनले थुप्रै टेलिभिजन शो सञ्चालन गरेकी थिइन्।

उनी केही समयअगाडि मात्र मुम्बईबाट गुरुग्राम बस्न आएकी थिइन्।असममा बसोबास गर्ने विदिशाको परिवारलाई यस घटनाको जानकारी भोली पल्टै दिएको बताइएको छ ।प्रेम विवाह गरेकी विदिशाको श्रीमानसँग राम्रो सम्बन्ध नभएको र श्रीमानले उनलाई कुटिरहने पनि बताइएको छ ।