ताजा समाचार

श्रावण २२ गते २०७४

डोटीको जिप दुर्घटनाका मृतकको सनाखत

- सेतो परेवा सम्वाददाता, डोटी

 डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ ।

गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ कपल्ले डोटीका स्थायी बासिन्दा हुन् ।

दुर्घटनामा परी बोगटान गाउँपालिका–१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्ती मगर, ५० वर्षीय बूढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशिराम पुन मगर, ४५ वर्षीया ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुन मगर र ३० वर्षीय चन्द्रबहादुर घर्ती मगरको मृत्यु भएको जिप्रका, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

सात जना गम्भीर घाइते भएकामा चार जनाको अवस्था चिन्ताजनक छ । घाइतेलाई उपचारका लागि अहिले साढे ८ः३० बजे सदरमुकाम दिपायल लगिएको छ । सदरमुकाम पुग्न तीन घण्टा लाग्ने देखिएको छ ।
दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नंको जिप राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com