ताजा समाचार

श्रावण २३ गते २०७४

आमिर खानलाई स्वाइन फ्लू

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

बलिउड नायक आमिर खान र उनकी श्रीमति किरण राव स्वाइन फ्लूबाट ग्रसित भएका छन् । भारतको पूणेमा ‘जल संरक्षणसँग’ जोडिएको कार्यक्रममा आमिर खान सहभागी हुने पक्का थियो । तर, बिरामीका कारण उनी सहभागी हुन सकेनन् ।

आमिरले भिडियो मार्फत नै आफू बिरामी भएको जानकारी दिएका थिए । ‘आज मेरा लागि खुसीको दिन हो तर, म दुःखी छु । मलाई तपाइहरुसँग खुसी मनाउन मन थियो तर, सकिनँ ।’ आमिरले भनेका छन कि-‘एच वन एन वन भाइरस अर्थात स्वाइन फ्लुबाट ग्रसित भएकाले म र किरण बाहिर निस्कन सक्दैनौ । हामीले एक हप्ता घरमै आराम गर्नुपर्ने छ ।’

आमिर खान कार्यक्रममा सहभागी हुन नसकेपछि उनको आग्रहमा नायक साहरुख खान सहभागी भएका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com