ताजा समाचार

श्रावण २३ गते २०७४

NRNA जापानको कोषाध्यक्षमा कालिका थापाको सम्भावना बलियो

- कोषको वृद्धि र आर्थिक पारदर्शितामा मुख्य जोड दिन्छु : थापा

- सेतो परेवा सम्वाददाता,  

अहिले NRNA जापानको चुनाबी माहौल ले जापान तातेको छ । नेपालीहरु को सबै भन्दा ठुलो सस्था NRNA जापानको नेतृत्वको लागी बिभिन्न तहमा बिभिन्न उमेदवार चुनाबी मैदानमा उत्रिएका छन् ।

जापानको आसन्न निर्बाचनमा उमेदवारहरुको टुंगो लागेको छ । निर्बाचन समितिले उमेदवारको लिष्ट सार्बजनिक गरेको छ । आइसीसी सदस्यहरु, बरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्षमा निर्बिरोध भएको छ ।

सामाजिक क्षेत्रमा निरन्तर सक्रिय नेपाल होस् या जापान सामाजिक काममा अहोरात्र खट्ने महिलाहरुलाइ सामाजिक काममा सक्रिय हुनु पर्छ भनेर हौशला दिने एक उत्प्रेरक व्यक्ति कालिका केसी थापाको कोषाध्यमा उमेद्वारी परेको छ । जापानको  NRNA बिगतमा आर्थीकको सबालमा बिभिन्न कोणबाट बिभिन्न कुराहरु उठ्ने गरेको अबस्थामा थापा जस्तो व्यक्ति आउनु यस सामाजिक अभियानमा औधि राम्रो बिषय रहेको र त्यसले आर्थिक पारदर्शितामा प्रश्न गर्नेहरु लाइ आशा पलाएको NRNA अभियानका एक अभियन्ता बताउछन ।

आफुले धेरै बुदा भनेर प्रतिबद्दता घोषणा गर्न भन्दा पनि काममा र ब्यबहारमा बढी जोड दिने हुनाले आफुले जितेपछि को पदीय दायित्व भित्र रहेर “आर्थिक पारदर्शिता र कोषको बृद्धी” गर्न  हरपल प्रयन्त गर्ने र आज सम्म सामाजिक रुपमा पाएको उत्प्रेरणा हौशला र जापानबासि नेपालीको सल्लाह सुझाबलाइ मनन गर्दै अगाडी बढ्ने तथा सामाजिक काममा महिलाहरु को सक्रिय सहभागीता को बिषयलाइ बिभिन्न कोणबाट बिभिन्न कार्यक्रम बाट अन्य दिदिबहिनीलाइ उत्प्रेरणा दिने काम गर्ने उमेदवार थापा बताउछिन् ।

सामाजिक रुपमा निडर, सक्रिय इमान्दारिताको आफ्नो पहिचान बनाइसकेकी थापा कोषाध्यक्ष को एक मात्र बलियो दाबेदार देखिन्छिन । सामाजिक क्षेत्रमा उनको जापानमा एक पृथक पहिचान छन् त्यो नै उनको जित्ने बलियो आधार को रुपमा मानिन्छ ।

अर्को कुरा NRNA जापानको भाइटल पोष्टमा एक मात्र महिला उमेद्वारी कोषाध्यक्षमा परेको छ । महिलाकोटा अनुसार अरु पनि रहे पनि खुला पधादिकारी टिममा थापा एकमात्र रहेको देखिन्छ ।

कोषाध्यक्ष थापाका अनुसार एक मात्र महिला रहेको कारण अन्य कोषाध्यक्षका उमेदवारले मलाइ समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्तालीइ आफुलाई सहयोग गर्नेमा आफु बिश्वस्त रहेको उनको भनाइ छ ।

कोषाध्यक्षमा थापा बाहेक प्रलाद सिह महत र महेन्द्र कुमार अधिकारिको समेत उमेद्वारी परेको छ ।

यसैगरि अध्यक्षमा टासी बाङदी लामा र अनुज थापाको प्रतिस्प्रधा हुदैछ । उपाध्यक्ष को महिला कोटामा सबिता श्रेष्ठ र  अनिता गुरुङ लामाको प्रतिस्प्रधा हुदै छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष देवीलाल भण्डारीको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्ष एकका लागि सबिता श्रेष्ठ र अनिता गुरुङको उम्मेदवारी परेको छ । यसैगरी २ जना उपाध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोज खत्री, द्रोणप्रसाद सिलवाल र छत्रबहादुर दाहाल छन् ।

यसैगरी महासचिवमा बुद्धिराज घिमिरे र बिशेश्वरप्रसाद रेग्मीको उम्मेदवारी परेको छ भने सचिवमा जनकविक्रम शाही, बासुदेव लामिछाने र प्रकाश थापाले उम्मेदवारी दिएका छन् ।

यसैगरी कोषाध्यक्षमा प्रल्हादसिंह महत, कालिका थापा र महेन्द्रकुमार अधिकारीले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रामबहादुर थापा (अनिल) को एकल उम्मेदवारी परेको छ ।

यसै गरी एक स्थान महिला सदस्यका लागि दावी गर्दै कमला गैरै, गीता आचार्य (स्मृति) र सिर्जना पाण्डे गरी ३ जनाले उम्मेदवारी दिएका छन् भने ५ जना सदस्यका लागि २१ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा
विक्रम खत्री, बालकृष्ण कँडेल (हिमाल), उत्तमकुमार श्रेष्ठ, नरेन्द्र सापकोटा, कुमार कार्की, राजु पनेरु, सुरेश रेग्मी, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), जगतबहादुर खड्का, दिनेश लोहनी, श्याम कंडेल (गाेपाल), हस्त लामा, राजनकुमार पौडेल, अस्मिता लामा वाइवा, टिकाराम कँडेल, सोमनाथ लम्साल, लालबहादुर रावल र डिल्लीराम शिवाकोटी रहेका छन ।
यसैगरी जापानबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि आईसीसीमा टंकप्रसाद गैरे, कपिलदेव थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ र केशर गिरी गरी ५ जनाको उम्मेदवारी परेको छ । ६ स्थान रहेको आइसीसी पदमा ५ जनाको उम्मेदवारी परेको हो ।