ताजा समाचार

श्रावण २३ गते २०७४

ट्राफिक प्रहरीलाई दैनिक २०० भत्ता

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने भएको छ । गृहमन्त्री जनार्दन शर्माले ट्राफिक प्रहरीलाई दैनिक रु २०० विषेश भत्ता दिने प्रस्ताव गरिएको बताए ।

शर्मा गृहमन्त्री भएसँगै ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वापतको १५ प्रतिशत कमिसन कटौती गरिएको थियो ।

‘प्रहरीले जरिवानाको १५ प्रतिशत पाउनकै लागि कारवाही गर्ने गरेको आक्षेप लागेपछि सो रकम कटौती गरिएको हो’ सोमबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै मन्त्री शर्माले भने, ‘त्यसको अलावा दैनिक २ सय रुपैयाँ विशेष भत्ता दिने प्रस्ताव गरिएको छ ।’

उपत्यकाको ट्राफिक ब्यवस्थापनमा मुख्य समस्याको रुपमा संकेत बत्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्रि शर्माले प्रश्न गरे, ‘संकेत बत्ती राख्ने गृह मन्त्रालय वा ट्राफिक प्रहरीले हैन, यो समस्या बर्षौंदेखी कथाको रुपमा रहेको छ । ट्राफिक प्रहरीलाई बजेट र सामगी्र दिने हो भने तिन महिना भित्र संकेत बत्ति हाल्न सकिन्छ, हामी सक्छौं ।’

सार्वजनि बसहरु समयमा तोकिएको स्थानमा पुग्नका लागी काठमाडौं उपत्यकामा छुट्टै लेनको ब्यवस्था गर्नुपर्ने मन्त्री शर्माले बताए । ‘यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्नका लागी आवश्यक पहल गर्नुपर्छ’ मन्त्री शर्माले भने, ‘त्यसका लागी सवैको सहयोग आवश्यक छ ।’

‘काठमाडौं शहरबाट पुराना र साना गाडीहरु हटाउनुपर्छ, ठुला सार्वजनिक यातायात वृद्धि गर्नुपर्छ’ उनले भने, ‘काठमाडौं महानगरपालिकाले एउटा सञ्जाल बनाएर यातायात सञ्चालन गर्नुपर्छ, जसले साना गाडी विस्थापनका लागी सहयोग पुग्नेछ ।’

उपत्यकामा आवश्यक स्थानमा अस्थायी खालका क्रस ब्रिजहरु हालेर तत्कालिन समस्या समाधान गर्न सकिने उल्लेख गर्दै मन्त्रि शर्माले स्याटेलाईट सिटी बनाएर सुविधा विस्तार गर्नुपर्ने बताए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com