ताजा समाचार

श्रावण २३ गते २०७४

अन्नपूर्ण समूह-५४ को संयोजकमा कोइराला

- सेतो परेवा सम्वाददाता, पोखरा

एमनेष्टी ईन्टरनेशनल नेपालको अन्नपूर्ण समूह-५४ को १६ औं अधिवेशनले अनन्त प्रसाद कोइरालाको संयोजकत्वमा नयाँ कार्य समिती चयन गरेको छ ।

समूहको सहसंयोजकमा भानुभक्त पराजुली, सचिवमा ढकेश्वर पहारी, सहसचिवमा बिष्णुहरि पौडेल र कोषाध्यक्षमा मञ्जु गौतम रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोमनाथ पौडेल, दिपा शर्मा, सोनु गुरुङ र सुरेन परियार रहेका छन् ।

नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन संयोजक सूर्यप्रसाद ढकालले सपथ ग्रहण गराएका थिए । उद्घाटन सत्रमा संयोजक नबिनराज बराल, प्रमुख अतिथी संस्थाका पूर्व संयोजक तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामराज लामिछाने,कमलनाथ कुँवर, चुडामणी सुवेदी, डोलराज सुवेदी र ध्रुवराज चालिसे लगायतले नयाँ कार्यसमितीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com