ताजा समाचार

श्रावण २४ गते २०७४

९ वर्षीया बालिकाको मृत्यु केएमसी हस्पीटलमा तनाव

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

 काठमाडौंको सिनामंगल स्थित केएमसी  अस्पतालमा एक बालिकाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् । आइतबार ९ वर्षीया सुनिता बस्नेतको खुट्टा भाँचिएको भन्दै आफन्तले अस्पताल लगेका थिए । डाक्टरले चेकजाँच गर्दा खुट्टा भाँचिएको नभइ मर्किएको भनेर दुखाइ कम गर्ने औषधि खुवाए, ब्यान्डेज बाँधिदिए र सामान्य औषधि दिएर घर पठाए ।

घर लगेपछि सुनिताको शरीरभरी फोका देखिए । अघिल्लो दिन काटेको टिकटमा औषधिको कारण् शरीरमा फोका र डाबर देखिए औषधि खान नदिएर तुरुन्त अस्पताल ल्याउन भनिएको थियो । तर, आफन्तले ढिलो गरी सोमबार अस्पताल पु¥याए । उपचार गर्दा गर्दै सोमबार साँझ ७ बजे सुनिताको ज्यान गयो । उपचारका क्रममा उनको मृत्यु भएपछि सुनिताको आफन्तले अस्पतालको लापरबाही भन्दै आन्दोलन गरेका छन् ।

तर अस्पताल भने आफ्नो भन्दा पनि परिवारको लापरबाहीको कारण उनको ज्यान गएको दाबी गर्छ । आफन्त क्षतिपुर्तिको माग गर्छन् अस्पताल कानुनी प्रक्रियामा जाने कुरा गरिरहेको छ । अस्पताल भन्छन ‘अस्पतालको लापरबाही होइन, परिवारको लापरबाही हो त्यसैले क्षतिपुर्ति किन दिने ? ’ अहिले केएमसी अस्पताल तनावग्रस्त छ भने मृतक पक्ष र अस्पताल प्रशासनबीच वार्ता चलिरहेको छ ।