ताजा समाचार

श्रावण २४ गते २०७४

भारतीय क्रिकेटर श्रीशान्तको आजीवन प्रतिबन्ध हटाउन आदेश

- सेतो परेवा सम्वाददाता,  

भारतीय क्रिकेटर श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्ध हटाउन केरला हाई कोर्टले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)लाई निर्देशन दिएको छ । सन् २०१३ मा इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दौरान स्पट फिक्सिङ काण्डमा मुछिएपछि बिसिसिआईले श्रीशान्तलाई आजीवन प्रतिबन्ध लगाएको थियो ।

तर सन् २०१५ मा श्रीशान्तलाई दिल्ली अदालतले सफाइ दिएको थियो ।  दिल्ली कोर्टको सफाइपछि पनि बिसिसिआईले आजीवन प्रतिबन्ध नहटाएको भन्दै श्रीशान्तले गत मार्चमा मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेको पाँच महिनापछि केराला हाई कोर्टले दिल्ली अदालतले सफाइ दिएको अवस्थामा बिसिसिआईले आजीवन प्रतिबन्ध हटाउनुपर्ने फैसला सुनाएको हो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com