ताजा समाचार

श्रावण २५ गते २०७४

रिभानमा भिषण वाढी पहिरो, १३ घर वगे,समयमै सचेत वन्दा मानविय क्षति हुन पाएन

- सेतो परेवा सम्वाददाता, पोखरा

कास्कीको माछापुच्छ्रेगाउँपालिका वडा नं ५ रिभानमा मंगलवार रातीको पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ। भिषणा पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर वस्न नमिल्ने गरि क्षति पुगेको रिभानवाट देवीलाल लामिछानेले जानकारी दिए। तत्काल राहत को जरुरी छ।

केही माथी जङ्गलमा हिजो दिउँसो पहिरो गएको र त्यही पहिरो थुनिएर ताल बनेर राति एक्कासि फुट्दा घटना घटेको हो। गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ वाढी पहिरो वस्तीतिर आउदै गरेको जानकारी गराएपछि गाउँलेहरु समयमै सुरक्षित स्थान तर्फ जान सफल भएकोले मानविय क्षति हुन नपाएको वताईन्छ। वाढीले चौपायाहरु वगाएपनि क्षतिको जानकारी प्राप्त हुन सकेको छैन।

वाढीले स्थानीय देवीलाल लामिछाने, दण्डवहादुर विक, प्रविण लामिछाने, गंगावहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरवहादुर विक, काजी विकको घरमा पूर्ण क्षति पुगेको छ। त्यस्तै दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालकरो घर जोखिममा रहेको छ । वाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र विजुलीका पोलहरु समेत समेत वगाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगीसकेको र क्षतिको विवरण संकलन गरिरहेको स्थानीय बलराम गिरीले जानकारी दिए। वाढीवाट विस्थापित वनेकाहरु अहिले छिमेकी वस्तीहरुमा आश्रय लिएर वसेका छन्।