ताजा समाचार

श्रावण २५ गते २०७४

एनआरएनए जापानमा उम्मेदवार उपाध्यक्ष पौडेल र सचिब शाहि माथि दाबी बिरोध

- सेतो परेवा सम्वाददाता,  

गैर आवासीय नेपाली संघ जापान को २०१७-२०१९ का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको छ । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कार्यकाल संम्पन्न गरेको हुनुपर्ने छ । उपाध्यक्ष पौडेलका बिरुद्ध अर्का उपाध्यक्षका प्रत्यासी छत्र बहादुर दाहाल र सचिब शाहीका बिरुद्ध अर्का सचिबका प्रत्यासी बाशुदेव लामिछानेले दाबिबिरोध प्रस्तुत गरेका छन ।

गैर आवाशीय नेपाली संघ जापन २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान को परिच्छेद ८ को ५ को ५.२ अनुरुप, रास्ट्रीय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा, रास्ट्रीय समन्वय समिति सदस्य, सल्लाहकार, क्षत्रिय समिति सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कर्यकाल सम्मपन्न गरेको हुनु पर्नेछ । बिधान लाइ टेकेर हेर्ने हो भने पुरा कार्यकाल भने पनि के कति समय भनेर किटान नगर्दा यस अघि ३ सेप्टेम्बर २०१७ एनआरएनए जापानले राखेको भेलामा केहि बिबाध उत्पन्न भएपनि निर्वाचन आयोगले निकालेको निर्वाचन नियमावली २०१७ को ७ मा उल्लेखित उम्मेदवारको सर्त र योग्यतामा कम्तिमा १ वर्ष कार्य सम्पादन गरेको हुनुपर्ने भने पछी दाबी बिरोध मा स्पष्टता आएको हो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com