ताजा समाचार

श्रावण २५ गते २०७४

लियोनेल मेस्सीलाई नेपालमा ल्याउन प्रयास सुरु

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

विश्व चर्चित फुटबल स्टार लियोनेल मेसीलाई नेपाल भित्र्याउन युनिसेफले प्रयास थालेको छ । फुटबलरका अलावा सामाजिक काममा पनि सक्रिया मेसीले २ वर्ष अघि नेपालमा गएका ७ दशमलव ६ रेक्टरको विनाशकारी भूकम्पपछि यूनिसेफको मातहतमा रहेको मेसिको लियो फाउण्डेसनले नेपालका ८ जिल्लाका १४ वटा स्वास्थ्य चौकी निर्माण सहितको सामाजिक कार्यएक्रम लाई तिब्रता दिइरहेको र हाल उक्त कार्यक्रम अन्तिम चरणमा पुगेको बताइएको छ ।

मेसिको लियो फाउण्डेसनले नेपालका ८ जिल्लाका १४ वटा स्वास्थ्य चौकीको उद्घाटनका लागी मेसीलाई ल्याउने प्रयास भइरहेको यूनिसेफ नेपालकी संचार प्रमुखले जानकारी दिइन् । मेसीलाई नेपाल आउन पत्राचार गरिसकिएको र कारणवश उनी आउन नसके भिडियो कन्फ्रेश मार्फत भएपनि उद्घाटन गरिने बताइएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com