ताजा समाचार

श्रावण २५ गते २०७४

सुपर कपको उपाधि रियल म्याड्रिडलाई

- सेतो परेवा सम्वाददाता,  

रियल म्याड्रिडले युएफा सुपर कपको उपाधि जितेको छ। इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध मंगलबार राती भएको खेलमा रियल २–१ गोलले विजयी भयो।

रियलको जितमा २४ मिनेटमा कासेमिरो र ५२ मिनेटमा इस्कोले गोल गरे। यसै सिजन ७ करोड ५० लाख पाउण्डमा म्यानचेस्टर पुगेका रोमेलु लुकाकुले ६२ मिनेटमा गोल फर्काएका थिए।

म्यासेडोनियाको राजधानीमा ३० डिग्रीमा खेलिएको यस खेलमा २ पल्ट ‘कुलिङ ब्रेक’ भएको थियो। रियलले म्यानचेस्टलाई पराजित गर्दै गत वर्षको उपाधि रक्षा पनि गरेको हो। गत वर्ष पनि रियल नै विजयी भएको थियो।
रियलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ८३ मिनेटमा मैदान प्रवेश गरेको यस खेलमा गारेथ वेल ७४ मिनेटसम्म मैदानमा उपलब्ध थिए।

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com