ताजा समाचार

श्रावण २६ गते २०७४

सहज आपूर्ति र गुणस्तर कायम गर्न आपूर्ति मन्त्रीको जोड

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

 आपूर्ति मन्त्री शिवकुमार मण्डलले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरुलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिएको छन ।

विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको अञ्चल कार्यालय अनुगमनमन गरी सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन दिएका हुन ।

‘उपभोग्य वस्तुहरुको सहज आपूर्ति र गुणस्तरीयताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुहोला, जनतालाई सेवा दिन स्थापना भएका कार्यालयबाट नै जनताले सेवा नपाएको गुनासो नआओस,’अनुगमनको क्रममा मन्त्री मण्डलले भने, ‘गलत काम गर्नेलाई कुनै पनि हालतमा कारबाही हुन्छ, राम्रो काम गर्नेलाई केही समस्या भयो भने त्यसको नैतिक जिम्मेवारी म लिन्छु ।’