ताजा समाचार

श्रावण २६ गते २०७४

तिज पर्व र रूपा हत्या अनुसन्धान प्रक्रिया  

- राजेश चन्द्र राजभण्डारी, बागलुङ

अहिले   नेपाली  महिलाको  महान चाड तिज  पर्वले बागलुङ लाई धपक्क ढाकेकाे छ  । तिजकै दिन माईत गएर  घर तर्फ फर्कदै गर्दा बागलुङ  सिगानाका एकजना महिला रूपा गाैतमकाे बिच सडकमै  हत्या भएको घटना अहिले पनि सबैकाे सामुन्ने ताजै छ ।रूपाकाे हत्या भएको पनि अहिले  ठिक ३  बर्ष पूरा भै सक्यो ।तर  अाजका दिन सम्म अाइपुग्दा पनि हत्यारा लाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
अनुशन्धान अहिले पनि जारि छ हत्यारा खाेज्ने काममा प्रहरि प्रशासनले कुनै कसर बाँकी नराखेको कुरा सुन्दा रूपाकाे हत्यारा अाजै फेला पर्छन् कि झै लाग्छ तर प्रहरी प्रशासन याे मामिलामा पुरै असफल देखिन्छ ।किनभने दिन दाहडै मध्यपहाडि लाेकमार्गकाे बिच सडकमा घर तर्फ हिडिरहेका एक महिला खुकुरी प्रहार गरेर हत्या हुदा  समेत हत्याको सुराक सम्म पत्ता लगाउन नसक्नु अबश्य पनि  कमजोरी हाे।

अहिले जताततै तिजकाे रमझमले शहर देखि गाउँ सम्मलाई ढाकेकाे छ ।यतिबेला हाम्रो चेलिबेटी लाई दर खान र नाच गान गर्न भ्याई नभ्याइ छ ।हङकङ काे सारिले नेपालकाे धुलाे उडायाे देखि हिन्दी ,अङ्ग्रेजी ,गितमा कम्मर मर्काई मर्काइ नाच्ने दिदिबहिनी ले अहिले त  परारसाल तिजकाे दिनमा बिच सडकमा मारिएकि रूपा गाैतमकाे स्मरण गर्न पनि फुर्सद छैन ।कतिपयलाई त रूपा हत्याकाण्ड के हाे भन्ने सामान्य जानकारी समेत छैन हाेला ।  हाम्रो समाज पनि कति स्वार्थि र मतलबि छ त्यो भनेर पनि साध्य छैन ।नेपालमा महिला अधिकार ,मानव अधिकारकाे बारेमा काम गर्ने वकालत गर्ने दर्जनौं संघ सस्था नभएको भने हाेइन तर पनि अहिले सबै चुपचाप देखिन्छन् ।
हुनत शुरू शुरूमा जिल्ला प्रहरी कार्यालय गएर रूपाकाे हत्याकाण्डकाे छानबिन देखि अपराधीलाई पक्राउ गर्न दबाब दिएकाे हाे तर पनि प्रहरीले रूपाकाे हत्याकाण्डकाे नजिक नजिक पुगेको  बताए पनि अाजकाे दिन सम्म अाइपुग्दा रूपा हत्याकाण्ड बारे केही प्रगति हात लागेकाे भने छैन ।
गाउँ देखि शहर सबैकाे दबाब हुदा समेत रूपा प्रकरणमा भने प्रहरी अनुशन्धान ले फेल खाएको हाे कि भन्ने अाशंका बढेकाे छ । ठूलो बल तागत लगाएर रूपा काे हत्याकाण्ड काे पर्दा फास गर्न खाेजेपनि त्यो सफल भएन तर अनुसन्धान मै रहेका  तत्कालीन डिएसपी प्रेम बस्नेत सरूवा भएर जानू भएपछि  रूपा हत्याकाण्डकाे अनुसन्धान प्रहरीले  गरि रहेकाे छ  । बागलुङ सदरमुकाममा त प्रहरीले पैसा खाएर रूपा  हत्याकाण्ड झिसमिस पारेकाे चर्चा नचलेको पनि हाेईन ।जे-जति चर्चा चलेपनि प्रहरी प्रशासन भने त्यो कुरा मा कुनै सत्यता नभएको बताउदै अाएकाे छ । बागलुङ सदरमुकाम भित्र बिच सडकमा एकजना महिला मुला काटे झै काटिदा पनि हाम्रो प्रहरी प्रशासनले सामान्य सुराक सम्म पाउन नसक्नु बिडम्बनानै मान्नुपर्छ ।

एकजना सामान्य व्यापार ब्यबसाय गरेर खाने महिलाकाेकाे संग के दुश्मनी हुनसक्छ ?तिज पर्बमा माईत गएर अाफ्नाे अामा बाबू सँग भेटघाट गरि तिजकाे दर खाएर घर फर्केका रूपा लाई के थाहा , अाफुलाई मार्ने षड्यन्त्र भैरहेको छ भन्ने  सायद त्यो कुराकाे छनक पाएकाे भए सायद रूपा किन हिडेर अवश्य पनि उनी जाने थिएनन् । सडकमा हिड्न समेत शान्ति सुरक्षा छैन एकजना मान्छे घरबाट गन्तव्य सम्म सुरक्षित रूपमा पुग्छ भन्ने ठेगान छैन अहिले पनि दण्डहिनता माैलाएकाे छ ।अपराधीलाई कार्बाहि गर्ने कानुन भएपनि त्यो सबै हात्तीको देखाउने दात भएको कारण पनि समाजमा अपराधका घटनाक्रम बढ्दै गएको देखिन्छ ।
जिल्लामा घट्ने अपराधी  अनुसन्धान गरि अपराधीलाई प्रहरीले पक्राउ गरेर बेला बेलामा सार्वजनिक गर्दै अाएकाे छ तर सबैकाे चर्चा र चासोकाे घटनाको रूपमा रहेको रूपा हत्याकाण्डलाई तिन बर्ष बितिसक्दा पनि पत्ता लगाउन नसकेको कारणले पनि स्मरण गर्न खाेजेकाे हु ।
रूपा हत्याकाण्ड यस पटकपटक महिला अधिकार कर्मिले मनाउने तिजकाे प्रमुख मुद्दा बन्न किन सकेन ।हुनत रूपाकाे मुद्दा पुरानाे भएर हाेला   कि त ? तिजकाे रमझममा नाच्ने  गाउने रमाइलाे गरेर खाने बेला भनेर पनि हाेला सायद यसपालिको तिजमा  रूपाकाे बारेमा चर्चा सम्म नभएको कारण ।

देशमा सरकार परिवर्तन हुने नयाँ सरकार बन्ने क्रम पनि चलिरहेको छ। रूपा हत्याकाण्ड संग‌‌ै ६ वटा सरकार परिवर्तन भयो सबै सरकारले देश र जनताको लागि काम गर्ने भाषण नगरेकाे होइन । हुनत रूपाकाे परिवारले हत्याकाण्ड बारे चासो नलिएको ,अनुसन्धानमा सहयोग नगरेको गुनासो प्रहरी प्रशासनले बेला बेलामा गर्दै अाएकाे छ तर यसैलाई कारण बनाएर भने उम्कन मिल्दैन ।बागलुङको प्रहरीलाई काम गर्न समस्या हाे भने याे घटनाकाे सबै अनुसन्धान गर्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो सिअाइबिलाई दिएर भए पनि रूपाकाे हत्यारालाई कानुनी सजाय मात्रै हाेइन सबैले देखने गरि फाँसी दिनुपर्ने माग जिल्ला बासिले गरेकाछन् ।

प्रहरीले गर्न नसकेको केही महत्त्वपूर्ण नेपालकाे चर्चित घटना समेत  गाएको कारण केही अाशा भने जिल्ला बासिलाई पलाएको थियो तर सिअाइबिले रूपा हत्या काण्डकाे अनुसन्धान थालेको पनि एक बर्ष बितिसक्दा समेत  अझैसम्म केही हात लागेकाे छैन ।हुनत केही घटना नजिक भए पनि नदेखिन सक्छ सत्य तथ्य पत्ता नलागे सम्म प्रहरीले मात्रै केही गर्न सक्ने कुरा पनि भएन अहिले बागलुङ जिल्लामा दर्जनाै तिज मेला महत्सब चलिरहेको छ अहिले कलाकारलाई गित गाउन र नाच्न भ्याइनभ्याई छ अनि कहाँ बाट ३ बर्ष अघि हत्या भएको रूपा गाैतमकाे बारेमा चासो राख्न समय पनि छैन फुर्सद त हुने कुरा नै भएन ।साच्चै भन्नुपर्दा अहिले रूपा काण्ड बारे छलफल बहसनै हुन छाेडी सक्यो भन्दा पनि केही फरक नपर्ला ।अहिले उठाउन खाेजेकाे कुरामात्र के हाे भने रूपा जसरी अरू महिला दिदीबहिनी अनाहकमा मारिन नपुगुन भन्नेनै हाे चाडपर्व कसैकाे लागि दसा साबित नहाेस त्यसकारण रूपाकाे हत्यारा लाई चाडाे भन्दा चाडाे पत्ता लगाएर कानुनी कार्बाहि गरिनुपर्छ भन्ने नै हाे यसकाे सबैले अनुसन्धानमा गर्न सक्ने सहयोग गर्न जरुरी छ ।

प्रहरी प्रशासनले पनि अहिले कसैले रूपाकाे हत्यारा खाेजेका छैनन् भनेर चुपचाप बस्ने हैन अनुसन्धानलाई बलियो ढंगले अगाडि बढाउन जरुरी छ हुन त प्रहरीले पटक-पटक पत्रकार भेटघाट  कार्यक्रम गरि  ।रूपाकाे हत्यारा जाे काेहि भए रूपाकाे हत्यारालाई जसरी भए पनि पत्ता लगाउने कुरा भने गर्दै अाएकाे छ बाहिर बजारमा भने रूपा काण्डमा परिवारबाट सहयोग नभएको भन्ने कुरा पनि सुनिदै अाएकाे छ हाे यो कुरा हाे भने पनि परिवारबाट बाहिर बाट सबैले सहयोग गर्न जरुरी छ ।हाे साच्चै  त्यसलाई बाहिर ल्याउन जरुरी छ हैन भने याे वा त्यो नाममा  सधैँ यहाँ अरू रूपाहरूकाे हत्या भै रहने छ ।
अाफुलाई महिला अधिकार कर्मि भन्ने सबैले यसलाई गम्भीर रूपमा लिन जरुरी छ ।खाली भाषण र नारा भन्दा बास्तबिकता रूपमा महिलाकाे हक  अधिकार सुनिश्चित गर्ने भुमिका खेल्न सकेमात्र सार्थक रहने छ ।अहिले अाइरहेकाे हरितालिका तीज सबै महिला दिदीबहिनीकाे लागि मेलमिलापकाे चाडपर्व बनाेस कसैलाई पनि दसा साबित नहाेस तीजकाे शुभकामना ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com