ताजा समाचार

श्रावण २७ गते २०७४

अगष्ट २४मा फुकुओकामा तिज धमाका हुँदै

- सेतो परेवा सम्वाददाता,  

हरेक वर्ष नेपाली नारिहरुको महान चाड हरितालिका तिज र अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरहरुमा शृंखलाबद्ध सागिंतिक कार्यक्रम गर्दै छ । जापानका सामाजिक संस्थामा छुट्टै पहिचान बनाइसकेको गल्कोट समाज जापानले यस वर्ष पनि शृंखलाबद्ध तिज धमाका गर्ने भएको हो ।
यसै क्रममा अहिले फुकुओका सहरमा पनि गल्कोट समाज जापान क्युसु क्षेत्रिय समिती र गैरे सेवा समाज जापान केन्द्रिय समितिको सयुक्त आयोजनामा फुकुओका सिटिको चुओउ सिमिन सेन्टरमा अगस्ट २४ तारिखको दिन संयुक्त तिज धमाका 2017 गर्ने भएको हो ।
कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको र टिकट बिक्रिबितरण पनि थालनी भैसकेको र काठ्मान्डु करि सप हाकाता र दिप प्यालेस तथा संस्था का अन्य ब्यक्ति सङ सम्पर्क गरि टिकट लिन सकिने गल्कोट समाज क्युसुका कोषाध्यक्ष मिलन बस्नेत ले जानाकारी गराउनु भयो।
कलाकारहरूमा चर्चित लोक दोहरी गायिका सरिता गुरुङ, सुर्य खड्का ,पुरोष्त्तम सिग्देल र माधव सिग्देलको सांगीतिक प्रस्तुति रहने गल्कोट समाज जापान क्युसुका सचिव मदन गैरेले जानाकारी गराउनुभयो।
छ हजार भन्दा बढिको हाराहारीमा नेपालीहरुको संख्या रहेको क्युसुमा तिजको दिननै कार्यक्रम परेको र सो दिन तिजका अन्य कार्यक्रम नरहेको र गल्कोट समाज जापनले जापानमा अघिल्ला निकै सफल कार्यक्रम पस्केको छापका कारण कार्यक्रम सफल हुनेमा ढुक्क रहेको जानाकारी गल्कोट समाज क्युसुका अध्यक्ष बिपिन कडेंलले जानाकारी गराउनु भयो।
यस कार्यक्रम बाट जम्मा भएको रकम एक तिहाइ धुर्मुस सुन्तली फाउन्डेसनले सुरुवात गरेको मिनि नेपाल परियोजनालाइ दिने कुर अवगत गराउदै क्युसु वासिको गरिमामय उपस्थिति रहने विस्वास प्रकट गर्नु भयो।