ताजा समाचार

श्रावण २७ गते २०७४

चुनावमा सहभागी हुन सरकार र राजपाबीच सहमति

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

 सरकार र राष्ट्रिय जनता पार्टीबीच बालुवाटारमा छलफल भएको छ । शुक्रवार भएको छलफलमा संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने र राजपा चुनावमा सहभागी हुने सहमति भएको छ । मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान हुनेगरि सहमति भएको एक नेताले जानकारी दिए ।

संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरु सहभागी थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com