ताजा समाचार

श्रावण २७ गते २०७४

डा. केसीको समर्थनमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकले  देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

केसीले उठाएका माग सम्बोधनका लागि दबाव दिँदै शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न लागिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ । संघले बाध्य भएर सेवा बहिष्कार गर्नुपरेकाले यसबाट पुग्ने असुविधाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने पनि जनाएको छ ।

तर अस्पतालमा हुने बिरामीको चाप र भर्ना भएर बसेका बिरामीको उपचार तथा सहयोगका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने संघले जनाएको छ । ११ औँ पटक अनशनमा बसेको १९ दिन हुँदा समेत सरकारले डा केसीको माग पूरा गर्न आलटाल गरिरहेको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com