ताजा समाचार

श्रावण २७ गते २०७४

अमेरिकामाथि हमला गर्ने उत्तर कोरियाको तयारी

- सेतो परेवा सम्वाददाता,  

 उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बताएको छ । गुआममा अगस्टको यसै साता चारवटा क्षेप्यास्त्रमार्फत हमला गर्ने तयारी गरेको उत्तर कोरियाको समाचार संस्था केसिएनएले बिहीबार जनाएको छ ।

ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएको भोलिपल्ट प्योङयाङले अमेरिका आक्रमणको मिति नै तोकेको हो । बुधबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले कहिल्यै नदेखेको आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । ट्रम्पको अभिव्यक्ति वाहियात भएको उत्तर कोरियाले टिप्प्णी गरेको छ ।

‘ट्रम्पसँग वार्ताको सम्भावना छैन र अमेरिकालाई सैन्य बलले मात्र ठेगान लगाउन सकिन्छ,’ उत्तर कोरियाले भनेको छ । उत्तर कोरियाको चेतावनी सांकेतिक भएको र उसले गर्ने सम्भावित हमला कोरियाली शासकका लागि नै आत्मघाती हुने केही विश्लेषकले टिप्पणी गरेका छन् ।