ताजा समाचार

श्रावण २७ गते २०७४

गोविन्द केसीको माग अाजै सम्बोधन हुने,

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

अनशनरत  प्रा.डा. गोविन्द केसीको माग अाजै सम्बोधन गरिने भएकाे छ । वालुवाटारमा अाज बसेकाे शिर्ष तहकाे छलफलले माग  सम्बोधन गर्न जाे गर्नुपर्ने हाे त्यहि गर्ने सहमती भएकाे एक नेताले जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयकलाई तत्काल संसदबाट पास गर्नुपर्ने मुख्य माग राखेर डा. केसी अनशनमा छन् भने उनको मुख्य माग रहेको विधेयक समितिमा विचाराधीन छ ।

केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र तत्काल विधेयक पास गर्नुपर्ने दबाब समितिलाई परे पनि समितिबाट पास हुन सकेकाे छैन । वालुवाटारमा बसेकाे शिर्ष तहकाे छलफलमा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले केसीको माग अाजै सम्बोधन गर्ने प्रस्ताव राखेका िथए ।