ताजा समाचार

भाद्र ५ गते २०७४

प्रवाशमा रहने नेपालीहरु को लागी “डिप्रेसन र आत्महत्या” नियन्त्रण तथा रोकथामका केही सामान्य उपायहरु

- राम दत्त  जोशि( नेपालको राम), दक्षिण कोरिया

पछिल्लो समयमा भयावह रुपमा देखिएको आत्महत्याका घटनाहरु बिकराल बन्दै गैरहेको सर्व विदितै छ।  डिप्रेसन नियन्त्रण र आत्महत्या रोकथामको सामान्य पहल  हामीबाट नै सुरु गर्यौ भने  केही हद सम्म आत्महत्या तथा डिप्रेशनलाई नियन्त्रण सकिन्छ।

“डिप्रेसन र आत्महत्या” नियन्त्रण तथा रोकथामका केही सामान्य उपायहरु   यस प्रकार छन्:

 

1. प्रवासमा र खासगरि कोरियामा बस्ने नेपालिहरु लाइ बिदेस बसाइको दौरानमा ख्याल पुर्याउन सुझाव

डिप्रेसन पैदाभै आत्महत्याको भयावह स्थितिलाइ न्युनिकरण गर्न सामान्य बानि ब्यवहारहरु पनि उपयोगि हुन सक्छन ।

*आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला

 *एक आपसमा रुमका र कम्पनिका साथि भाइहरुसँग पनि राम्रो बोल्ने र आत्मियता साटा-साटगर्ने

 *स-साना कुरामा मनमुटाव र बैमनस्यता नगर्ने

 *सकेसम्म सबैलाइ हौसला दिने र मोटिभेट गर्ने !!नसके कसैलाइ पनि निरुत्साहित नगर्ने

 *साथिहरुकै कारण डिप्रेसनको अवस्था कसैमा पैदा नहोस भन्ने कुरामा एकदमै ध्यान पुर्याउने

*खासगरि लेटर माग्ने र लेटर नदिएर कम्पनिले झुलाउँदा राम्रै र उर्जासिल अनि सकारात्मक युवाहरुमा पनि एकप्रकारले मनोबल कमजोर हुने मनमा अनेकौँ कुराहरु खेल्ने र नकारात्मक भाव पैदा हुँदै डिप्रेसन सम्म जान सक्ने समस्या देखिदैँ आएको प्रति पनि सबै सजग र आत्मबिस्वासि बनि रहनुहोला

2. प्रवासि दाजुभाइ र दिदिहहिनिहरु खासगरि युवा र अबिवाहितहरुलाइ सुझाव

*प्रेम र दाम्पत्य सम्बन्धमा आउने उतारचढाव र धोका “

खासगरि बिदेश आउने समयमा बिवाह गरेर आउने ,बिचमा छोटो समयको बिदामा गएर बिवाह गर्ने , तेइ सिलसिलामा प्रेम सम्बन्धमा पर्ने र अझ फेसबुक ,ट्विटर ,इन्स्टाग्राम बाटै चिनेको र मन पराउँदै उक्त चिनजानलाइ प्रेम सम्बन्धमा परिणत गर्ने र आफु जत्ति र अझ आफु भन्दा बढि बिस्वास गर्ने , कमाएको पैसा धेरै र अझ पुरै सम्म श्रिमतिलाइ पठाउने र तेसैगरि कतिपयले आफ्नि प्रेमिका लाइ पनि धेरै पैसा पठाउने गरेको पाइन्छ। यहॉसम्म त कुनै समस्या छैन तर जब आफ्नो मन मुटुको ताल्चा दिएर मुटुको टुक्रा मेरि प्राण मेरि जान भनेर आफु भन्दा बढि माया र बिस्वास गरिएकि तिनै श्रीमति र प्रेमिकाहरुले दिने धोका र विस्वासघातले प्रवासमा रहने तिन्का प्रेमि र श्रीमान हाम्रा दाजुभाइहरुको हृदयघात देखि प्राणघात हुँदै आफ्नो अब यो सँसारमा कोहि छैन ,केहि छैन म सकिए ,मेरो सबै थोक सकियो , मैले बॉच्नुको कुनै औचित्य रहेन भन्ने सोच मनमा खेलाउन पुग्छन र आफ्नो अमुल्य प्राणको हत्या गरेर आफ्नो भरमा रहेको परिवार ,माया गर्ने आफन्त साथिभाइ ,इस्टमित्र ,शुभचिन्तकजन हरुलाइ गहिरो चोट र पिडा दिएर जान्छन । “जिन्दगि नामको सुन्दर जमिनमा प्रेम नामको अमृत बृक्ष रोपेर धोका नामको बिष फल्छ भने अनायाशै ति प्रेमि(मालिहरुको) ज्यान समेत लिने गरेको पाइन्छ  ।” जुन दुखद घटनाहरु सुन्ने र देख्ने रहर र चाहना नहुँदा नहुदै पनि सधैँ बारम्बार सुनिरहनुपर्ने पिडाले हामिलाइ चिन्तित बनाइरहन्छ !! (तेसैले सकभर हतारमा र छोटो बिदामा गएर बिवाह र गहिरो चिनजान प्रत्यक्ष देख भेट बिनाको प्रेम सम्बन्धमा सकभर नफस्नुहोला ) “मलाइ नेपालको जति माया छ तेत्तिकै नेपालिहरुको पनि छ!!” “नेपाल बिनाका नेपालिहरु र नेपालिहरु बिनाको नेपाल कल्पना गर्न सकिदैन !!”

३ परिवारजन ,आफन्तजन र शुभचिन्तक साथिहरुलाइ सुझाव

बिदेशमा रहनुहुने प्रवासिहरुका आफन्त ,दाजु भाइ ,दिदि बहिनि ,साथिहरु ,इष्टमित्र,शुभचिन्तक महानुभावहरुले फोन ,म्यासेज गर्नुहुन्छ  ।भने

#सन्चो बिसन्चो के कस्तो छ स्वास्थ्य अवस्था बारे बुझ्नुहोला

 #काम गाह्रो साह्रो कस्तो छ बुझ्नुहोला

 #खाने बस्ने ब्यवस्था के कस्तो छ रुचि अरुचि बारे बुझ्नुहोला! घर कहिले आउँछौ ?हामिले मैले सम्झिरहेको छु भन्नुहोला (सिधै पैसा पठाइदेउ ,मोबाइल पठाइदेउ ,ल्यापटप ,घडि यो त्यो नभन्नुहोला )

तपॉइहरुकै खुसिको लागि आफ्नो सपना लाइ तिलान्जलि दिएर प्रवाशिएका दाजु भाइ दिदिबहिनि हरुलाइ यि र यस्तै स-साना अनावश्यक कुराहरुले तनाव अनि चिन्ता हुने र तवानले चिताको बाटोसम्म पुर्याउने गरेको पाइएको छ

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com