ताजा समाचार

भाद्र ११ गते २०७४

प्रमकाे भारत भ्रमण र  देश डुबाउने सम्झौता ।

- राजेशचन्द्र राजभण्डारी , बागलुङ 

देशमा जबजब सरकार परिवर्तन हुन्छ तबतब प्रधानमन्त्रीकाे छिमेकी मुलुककाे भ्रमण हुने गर्छ ।अहिले भएको प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमण पनि त्यसैकाे निरन्तरता हाे भन्ने कुरा सारा दुनियाँ लाई थाहा भएको बिषय हाे ।एउटा देशको सरकार प्रमुखले अर्को देशकाे भ्रमण गर्नु नाैलाे कुरा भने हैन जबजब नयाँ प्रधानमन्त्री बनेपछि भारत जाने अनि नयाँ नयाँ सहमतिकाे नाममा नयाँ सम्झौता गरेर अाउने चलन छ अहिले फेरि भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले छिमेकी मुलुकका प्रधानमन्त्री नरेन्द्र माेदी संग नयाँ सम्झौता गरेर अाएपछि अहिले फेरि देश भित्र र बाहिर फेरि बहस शुरूवात भएको छ ।
अहिले गरेकाे सहमति अाज भन्दा ४३ बर्ष अगाडि पंचायती राजा महेन्द्र काे पालामा समेत नभएको सम्झौता अहिले भएको तथ्य बाहिर अाएकाे छ ।अहिले बर्षामा तराई मधेस डुबानमा परेर लाखौं जनता घर बार बिहिन भएको समयमा छिमेकी मुलुककाे भ्रमणमा पुगेका प्रधानमन्त्री देउवाले डुबानमा परेका जनताका पक्षमा हैन डुबान बाट जाेगाउने बिषयमा छलफल हैन उल्टो अर्को क्षेत्रमा भएका जनतालाई थप डुवानमा पार्ने नयाँ सम्झौता गरेका छन् ।
सुनसरी  जिल्लाको बराह क्षेत्रदेखि डेढ किलोमिटर उत्तरतर्फको सप्तकोशी नदीको साँघुरो घाँटीमा २ सय ६९ मिटर अग्लो र १ किलोमिटर लामो बाँध बनाउने भारतको योजना छ । यस्तो योजनामा हाम्रो प्रधानमन्त्री चुकेका छन् । भारतले आफ्नो भूभाग डुबानमा नपरोस् भन्ने उद्देश्यले अग्लो ब्यारेज बनाउन खोजेको छ  । जबकी भन्टाबारी (भीमनगर) स्थित अहिलेको ब्यारेजको गहिराई ३० मिटरको हाराहारीमा छ । ३० मिटर अग्लो ब्यारेज बनाउँदा त कोशीले बितण्डा मच्छाउँदै आएको छ भने भाेलिका दिनमा  भारतसँगको सम्झौता अनुसार कोशी उच्च बाँध बनेमा नेपालको लगभग २ सय वर्गकिमी भूभाग पुरै डुबानमा  परिणत हुन सक्ने चेतावनी विज्ञहरुले दिइसकेका छन् ।भारतले प्रस्ताव गरेको बाँधले धनकुटा, भोजपुर, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लासम्मका तटीय भूभाग डुबानमा परिणत हुन सक्ने सिमाविद् डा. बुद्धिनारायण श्रेष्ठ बताउँछन् । १५ हजार घरधुरी डुबानमा पर्नुका साथै ७५ हजार नेपाली विस्थापित हुनसक्ने अबस्थामा हाम्रो देशको भन्दा छिमेकीकाे हितमा काम गरेको कुरा स्पष्ट हुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भएको एउटा सम्झौताले नेपाली राजनीतिलाई फेरि तरंगित गरिदिएको छ । खासगरि, भारतले लामो समयदेखि कोसिस गर्दै आएको कोशी उच्च बाँध बनाउने सम्झौतामा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा बिहीबार सार्वजनिक गरिएको नेपाल र भारतको संयुक्त विज्ञप्तिको २८ नम्बर बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति उल्लेख गरिएको  छ । नेपालका पूर्वप्रधानमन्त्रीहरु, सीमाविद् र अन्य विज्ञहरुले समेत विरोध गर्दै आएको कोशी उच्च बाँधमा प्रधानमन्त्री देउवाले सहजै हस्ताक्षर गर्नुले निकै ठूलो आशंका उब्जिएको छ ।
जब मालिक अगाडि उभिन्छन् तब दासहरूले केही बाेल्न सक्दैनन् अहिले भएको सहमति पत्रमा के कुरा लेखिएको छ भनेर शाेध्ने हिम्मत पनि प्रधानमन्त्री देउवाकाे भएन ।अहिले भएको त्यहीँ हाे पटकपटक नेपाल र नेपाली छिमेकी मुलुक भारत संग ठगिने अनि हेपिदै अाएकाे छ ।प्रधानमन्त्री बन्न प्रभुकाे अार्शिबाद चाहिने सहयोग समर्थन चाहिने मात्रै हैन सधैं भारतमा गएर लम्पसार परेर अाफु शक्तिशाली बन्न जे जस्तो पनि सर्त सम्झौता गर्ने प्रबृत्ति कै कारण नेपालमा स्थायी सरकार बन्न सकेको छैन ।अहिले संबिधान बनेपछि पनि मुलुकमा ४ वटा सरकार परिवर्तन भैसकेको छ तर पनि देशले निकास पाउन सकेको छैन नत राजनीति ले नै निकास पाएकाे छ ।अहिले जुन समयमा प्रधानमन्त्री ले छिमेकी मुलुककाे भ्रमण गर्दै छन् त्यो भ्रमण गर्ने न त बेला हाे न त समय नै हाे ।
देशका जनता डुबान परेर न त खाने ठेगान छ न त बस्ने बाँस छ यस्तो अबस्थामा भएको भ्रमण ले के निकास दियो त ?
अाफ्नाे घर दैलाेमा अाएका बिदेश मन्त्री सुषमा स्वराजलाई मधेस तराई तिमीहरूकाे बाधकाे कारणले गर्दा डुबानमा परेको हाे त्यस्तो बाध भत्काउनु पर्छ भन्ने कुरा समेत राख्न पर्ने हाे तर कहि कतै राखेको सुनिएन यो बिडम्बना हाे ।अनि भारत भ्रमणमा जानुभएका हाम्रो देशका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यहा पुगेर नेपालमा डुबानमा परेको कुरा राख्न सक्ने कुरै भएन ।
सन१९८१ बाट संचालित काेशी ब्यारेज लाई भारतले १९९ वर्षका लागि सञ्चालन, नियमन र नियन्त्रणको एकाधिकार लिएको छ । तर, कोशी ब्यारेजको उचाई कम भएका कारण भारतमा समेत अनेक समस्या उत्पन्न भएकाले भारतले विकल्पका रुपमा उच्च बाँध निर्माणका लागि दबाब दिँदै आएको छ  । जबकी भारतले कोशी ब्यारेज निर्माणको सम्झौतासमेत पालना गरेको छैन  ।अहिले काेशीकाे कुरा प्रमुख देखियो हामी नेपालीकाे कस्तो रास्ट्रियता छ भने कित भारतकाे अन्ध भक्त हुने हैन भने त्यसको चर्को बिराेध गरेर ठूलो रास्ट्रबादी हुने चलन छ ।
काेशी बाधले रास्ट्रबादी र रास्ट्रघाँटी दुबै लाई भाेलिका दिनमा डुबाउछ ।प्रमुख कुरा हामीले हाम्रो देशकाे हितमा भन्दा पनि प्रभुकाे चाहना अनुसार चल्ने गरेको कारणले पनि देश डुवाउने काममा हामी जानिजानि सहभागी भै रहेका छाै ।
प्रभु काे काम भनेकाे अाफ्नाे दासहरू लाई अाफ्नाे अनुकूल प्रयोग गर्ने गरेका छन्  अहिले देउवा पनि त्यसैकाे निरन्तरता हाे मात्र हाे ।नेपालमा प्रधानमन्त्री भए पछि भारत भ्रमण गरि हाल्नु पर्ने तर भारतमा हुने प्रधानमन्त्री ले भने हाम्रो देशको भ्रमण चाहिँ गर्नुनपर्ने कस्तो अचम्मकाे  चलन छ ।हाम्रो देशका प्रधानमन्त्री हुन कि दास हुन त्यो छुट्ाउन मुश्किल छ ।
भारत भ्रमणमा जानू अगाडि कुन कुन बिषयमा छलफल गर्ने के कस्तो सन्धि सम्झौता गर्ने भन्ने बारे देशकाे संसदलाई जानकारी हुनुपर्ने हाे अहिले त्यो भएको पनि देखिएन अहिले काे सरकार बहुमत काे सरकार भए पनि एक प्रकारले यो म्यादी सरकार नैे हाे भन्ने अाराेप प्रमुख प्रतिपक्ष दलकाे छ जे भए पनि अहिले भएको सम्झौता भने खतरनाक छ यसले देशको जनताको हित अबश्य पनि गर्दैन ।
देशको एक जना शासकले गल्ती गर्दा देशको जनताले धेरै दुख पाउने गरेका छन् ।अहिले प्रधानमन्त्री देउवाले गरेको कमजोरीले अब २ सय बर्ष सम्म काेशी क्षेत्रका जनता डुबानमा पर्ने निश्चित छ अब नेपालले भारत संग भएको अहिलेसम्मकाे सबै खालको असमान सन्धि सम्झौता खारेज गर्ने एजेन्डा लिएर अगाडि बढ्न जरुरी छ ।त्यसको लागि सबै नेपाली राजनीति पार्टी काे अावाज एउटै हुन जरुरी छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com