ताजा समाचार

भाद्र २१ गते २०७४

राजेश पायलले खोले नेपाल आइडलको भित्री कुरा

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

सर्वप्रिय गायक राजेश पायल राईले नेपाल आइडलको भित्री कुरा बताएका छन् । नेपाल आइडलमा सहभागि भएर प्रतिक्रिया दिएपछि निकै चर्चा र प्रशंसा कमाएका उनले आफुले बोलेका कतिपय कुरा काटीएको गुनासो गरेका हुन् ।

नेपाल आइडलका जजहरुकै विषयमा सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आएका उनले नेपाल आइडलको मञ्चमा पुगेर बोलेका पनि कतिपय कुरा काटिएको खुलासा गरेका छन् ।

आलोचना नगरेको भए नेपाल आइडलको स्तरीयता कमजोर हुन सक्थ्यो भनेर आफुले दिएको अभिव्यक्ति काटिएको राजेश पायल राईले दाबी गरेका छन् । उनी भन्छन्, ‘नेपाल आइडललाई सोध्नुस्, मैले बोलेका कतिपय कुराहरु काटिएका छन् । त्यी कुराहरु पनि प्रसारण भइदिएको भए राम्रो हुने थियो ।’

नेपाल आइडल गर्वको विषय भएपनि बाँकी रहेका प्रतिष्पर्धीहरुको वास्तविक प्रतिष्पर्धा नेपाल आइडल सकिएपछि हुने उनको भनाई छ । नेपाल आइडल बन्नु गर्वको कुरा हो तर संगीत क्षेत्रमा कसले बाजी मार्छ भन्ने कुरा चाहिँ उसको लगाव र संघर्षले देखाउनेमा उनी विश्वास गर्छन् । हेर्नुहोस् भिडियो :

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com