ताजा समाचार

भाद्र २२ गते २०७४

नेपालमा सम्बन्धविच्छेद बढ्नुका कारणहरु

- ​ अधिवक्ता "राजेन्द्रमान श्रेष्ठ", पोखरा

विवहावाट जसरी पुरुष र महिला बिचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा जोडिन्छ,त्यसैगरी सम्बन्धविच्छेदवाट सोही श्रीमान श्रीमतीबीचको नातासम्बन्ध तोडिन्छ । स्पष्टरुपमा भन्ने हो भने पति र पत्नीबीचको नाता सम्बन्धको त्यागपत्र नै सम्बन्धबिच्छेद हो । अर्थात बैवाहिक कानून अन्र्तगत कानूनको अंग पुर्याई विवाहित दम्पतिले आफूहरुलाइ सो दाम्पत्य जीवनवाट अलग्याउनु वा त्यस्तो दाम्पत्य जीवनको अन्त्य गर्नुनै सम्बन्धबिच्छेद हो ।
लोग्ने स्वास्नीका बीच मनमुटाव भई वा सगै बस्न नसक्ने स्थिति उत्पन्न भई लोग्ने स्वास्नी बीच कानूनी रुपमा बैवाहिक सम्बन्ध तोडी आआफ्नै रुपमा अलग अलग व्यवहार गरी बस्नुलाई सम्बन्ध बिच्छेद भनिन्छ । सम्बन्धबिच्छेदलाई पारपाचुके पनि भनिन्छ । विवहाले लोग्नेस्वास्नीबीच वैवाहिक सम्बन्धको स्थापना गर्दछ भने सम्बन्धविच्छेदले लोग्ने स्वास्नीबीच कायम भएको वैवाहिक सम्वन्धको अन्त्य गर्दछ ।

एङलो नेपाली डिक्सनरीका अनुसार सम्बन्ध बिच्छेद भन्नाले : कानूनी सम्बन्धबिच्छेद, स्त्री पूरुषको परित्याग तलाक, बिबहा बन्धन तोड्नु भन्ने बुझिन्छ । सम्बन्ध बिच्छेद हुनको लागि सर्बप्रथमत पुरुष र महिलाको बिचमा बैबाहिक सम्बन्ध स्थापित हुनु अनिवार्य छ । बैवाहिक सम्बन्ध स्थापित भएपछि मात्र सम्बन्ध बिच्छेदको अवस्था आउन सक्छ । हाम्रो हिन्दु धर्मशास्त्रमा बिबहा बिच्छेदको व्यवस्था भएको देखिदैन । बेचेर वा त्यागेर पनि स्त्री पतिको स्त्रीत्ववाट मुक्त हुदैन भन्ने धार्मिक वचन छ (मनुस्मृती ९।४६)। धर्मशास्त्र अनुसार सम्बन्ध बिच्छेदको व्यवस्था नभएता पनि मुुलुकी ऐन लोग्ने स्वास्नीको महल १२ ले भने लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद हुन सक्ने विभिन्न अवस्थाहरु स्पष्टरुपमा किटान गरेको छ । मुलुकी ऐनको प्राबधानलाई यहां प्रस्तुत गर्दा लामो हुने भएकाले मुलुकी ऐन हेरि दिनु हुन समेत सादर अनुरोध गर्दछु ।

नेपालमा आजभन्दा १ दशक पूर्ब सम्मको अवस्था हेर्दा नेपालमा सम्बन्ध विच्छेदका घटनाहरु त्यती धेरै भएको पाईदैन थियो । बिकसित मुलुक यूरोप, अमेरीकामा भने यस्तो सम्बन्ध विच्छेदका घटनाहरु प्रशस्त हुन्थे, विवहा गरेको केहि मिनट वा घण्टामै पनि सम्बन्ध बिच्छेद गर्दछन भन्ने कुरा सुन्दा हामीलाई अनौठो समेत लाग्ने गर्दथ्यो तर आजभोली नेपालमा पनि बिकसित मुलुक सरह बिबहा भएकै दोस्रो दिन सम्बन्ध बिच्छेद भएको घटना पनि छन् ।
२०६२ सालमा गोरखामा घटेको एउटा घटना प्रतिनिधि घटनाका रुपमा यहां उल्लेख गर्न गै रहेको छु । मेरो मानस पटलमा अझै ताजा जस्तै छ । त्यसबेला म नेपाल बैक लिमिटेड गोरखामा शाखा प्रबन्धकमा कार्यरत थिए । म अधिवक्ता समेत भएको कारण गोरखाका वकिल साथिहरुसंग समेत हिम चिम बढिनै थियो, यस्तैमा एकदिन म एक जना वकिल साथिको ल फर्ममा गएको थिए वहां एउटा सम्बन्ध बिच्छेदको फिराद तयार गदै हुनुहुन्थ्यो । वहांले भन्नुभयो हिजो मात्र विबहा भएको जोडिको आज सम्बन्ध बिच्छेदको फिराद तयार गर्देछु । म आश्चर्य चकित भए । कुरा के परेछ भने चितवनको एकजना एम.ए. पास गरेकी केटी र गोरखाको बैदेशिक रोजगारमा गएर फर्केको केटाको विचमा मागि विवहा भएको रहेछ । वाजा गाजाको साथमा राम्रो तरिकाले । बिबहाको दिन सम्म दुबैतर्फको सम्बन्ध सौहार्दपूर्ण नै थियो । सबै रमाएका थिए तर अचानक सुहागरातको समयमा केटाले गरेको नाजायज यौन सम्बन्धको तौर तरिकाको कारणले तनाव र्सिजना हुन पुगेछ । केटाले केटिसंग सुहागरातको पहिलो दिनमानै आफ्नी श्रीमति संग प्राकृतिक सम्बन्ध नराखेर अप्राकृतिक मैथुन गर्न वाध्य पारेछ । एम.ए पढेकी शिक्षित र सभ्रान्त केटिलाई यस्तो कुरा सहैय हुने कुरा भएन । केटीले केटाको पहिलानै नाजायज सम्बन्ध रहेको र कुमार नभएको भन्ने विश्वस्त भएपछि केटीले उ संग बस्न राजी भइनन् र भोलीपल्टै कानून व्यावसायी संग सल्लाह लिएर सम्बन्ध विच्छेदको मुद्धा गोरखा जिल्ला अदालतमा दायर गरिन र तत्कालै सम्बन्ध बिच्छेद पनि भयो ।

कानून व्यावसायको सिलसिलामा मैले पनि धेरै सम्बन्ध विच्छेदको काम गर्ने अबसर पांए र पेशामा आउनु पूर्ब पनि धरै यस्ता घटनाहरु देख्न, सुन्न र बुझ्न पाएको थिए । मेरो मानसपटलमा यस्ता घटनाले खुल्दुली ल्याउदथ्यो आखिर किन हुन्छ छोटो समयमा सम्बन्ध विच्छेद , अनि किन हुन्छ हजुर बुवा र हजुर आमा भैसकेकी महिला र पूरुषको विचमा सम्बन्ध विच्छेद ? भनेर अझ गहिराईमा पुगेर यस विषयमा बुझ्न मन लाग्थ्यो र बुझ्दै जांदा कतिपयको झिना मसिना कारणहरु हुन्थे, कसै कसैका ज्यान जाने अंग भंगनै हुने जस्ता कारणहरु हुन्थे भने कतिपयको खाइ मातेको र घमण्डको कारणले सम्बन्ध विच्छेद भएको देखियो । सम्बन्ध विच्छेद फस्टाउनु भनेको वास्तवमा समाजको लागि राम्रो कुरा होइन । सम्बन्धबिच्छेदले खास गरी उनिहरुको सन्तान छोरा छोरी लगायत आफन्तजनहरुले समेत तनाव ब्यहोर्नु पर्ने हुन्छ , संतानहरु आमा वावुको माया ममतावाट बंचित हुने, शिक्षा, स्वास्थ्य, पोषिलो खानावाट वन्चीत हुनुपर्ने आदि आदि । यस्तो नकारात्मक असरवाट समाजलाई सुसुचित गराई समाज सुधारमा लाग्नु हामी जस्ता कानून व्यावसायीहरु जो समाजका अभियान्ता पनि हुन र हाम्रो दायित्व पनि छ भन्ने कुरालाई स्वीकार गदै मैले कलम चलाउने जमर्को गरेको हु र यसवाट सम्बन्ध बिच्छेदमा केहि कमी ल्याउन सकिन्छकी भन्ने असल नियतका साथ यसका कारणहरु पत्ता लगाउन धेरै सम्बन्ध विच्छेद गरेका चेलीहरु संग प्रत्यक्ष अन्र्तवार्ता पनि लिंएको छु र धेरै कारणहरुको वारेमा मलाई अबगत पनि भयो र मैले थाहा पाएका कारणहरु यहां उल्लेख गरेको छु ।
सम्बन्ध बिच्छेद सम्बन्धित उधृत समाचारले पनि अझ बढि स्पस्ट पार्नेछ भन्ने ध्ययका साथ प्रस्तुत गरेको छु ः
सम्बन्ध विच्छेदका मूल कारणहरु :

१) महिलामा शिक्षाको पहुंच :

नेपालका महिलाहरुमा शिक्षाको पहुंच बढेको कारण महिलाहरु सचेत भएका छन् र कुनै पनि वहानामा आफू निरिह भएर, हेपियर लोग्नेको दास भएर वस्नुपर्छ भन्ने कुरामा सहमत छैनन् । महिला जतिनै शिक्षीत, जागिरे भएपनि चुलाचौकाको जिम्मेवारी पनि महिलाकै भागमा पर्छ । श्रीमानले खासै खुलेर महिलालाई सहयोग र उचित सम्मान गर्न नसक्दा शिक्षीत महिलाहरुले सम्बन्ध विच्छेद रोजेको पाईन्छ ।

२) महिलामा रोजगारीमा पहुंचः

हाल नेपालमा पनि महिला रोजगारीको दर वढेको छ । महिलाहरु पनि आफ्नो खुटृामा आफै उभिन सक्ने भएका छन् । महिला र पुरुष दुबै जना अफिस जाने भएता पनि लोग्ने हैकम जमाएर बस्छ । महिलाले सर सफाई, चुलो चौका र छोरा छोरीको स्याहार सम्भार पनि आफु एक्लै गर्नु पर्ने अबस्थामा सम्बन्ध विच्छेद रोजेको पाईन्छ ।

३) बैदेशिक रोजगारको अबसर :

सबै भन्दा बढि सम्बन्ध विच्छेद बैदेशिक रोजगारको कारण हुन गएको देखिन्छ । श्री मान बैदेशिक रोजगारमा गए पछि श्री मति छोरा छोरी पढाउने निहुमा शहर झरेर डेरामा बस्ने र छोरा छोरी स्कूल पठाए पछि दिनभरी कोठामा एक्लै वस्दा अन्य डेरावाल घरवेटी संग हिमचिम वढ्दै जांदा श्रीमानले कमाएको सम्पति समेत लिएर भाग्ने र अझ यतीले नपुगेर पहिलो लोग्ने संग अंश माग सहित सम्बन्धबिच्छेद माग गर्दै मुद्दा हालेर अंसभाग समेत लिएर जानेहरु मौलाउदै गएका छन् ।

४) योैनीक असन्तुस्टि :
श्री मान श्री मतिको यौन चहाना सबैमा समान हुदैन । कसैलाइ बढी र कसैलाइ कम । यो प्राकृतीक गुणनै होला । पति पत्नी मध्ये एकजनालाइ एकदम बढी र अर्कोलाई अत्यन्त न्यून यौन चाहाना भएको जोडिहरुमा प्राय दिनहु जसो यहि विषयलाई लियर झगडा हुने गरेको र अन्तत डिलो चांडो यही कारणले गर्दा सम्बन्ध विच्छेद भएरै छोडेको पाईएको छ ।
यस सम्बन्धमा हालैको एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु । एकजना महिला सम्बन्धबिच्छेदका लागि सल्लाह लिन आउनुभएको थियो । वहांले भन्नसभयो बिबहा गरेको १ हप्तावाटै श्रीमानले झगडा गर्न सुरु गर्नभयो र शारिरिक तथा मानसिब यातना दिन थाल्नुभयो । म वहांसंग संगै वस्न सकीन र माइतीमा आएर बसेकी छु । म सम्बन्ध बिच्छेद गर्न चाहान्छु । अंश दावी सहितको सम्बन्ध बिच्छेदका लागि के गर्नु पर्छ ?
मैले वहांसंग प्रश्न गरे, बिहा गरेको एक हप्तामै रक्सी पियर गालीगलौज गर्नु, हात पात गर्नुको केहि कारणत अबस्य होलानी ? प्रायजसो नव विवाहित जोडीहरु विवहा गरेको महिनौ दिन सम्म पनि लोग्ने स्वास्नीको विचमा यति धेरै माया प्रेममा डुब्छनकी उनिहरु छुटिृनै चाहान्नन् । दिन रातको कुनै ख्याल हुदैन । मौका पाउनासाथ प्रेममा लिन हुन चाहान्छन । के हो कारण ? भनेर सोध्दा उहांले खासै कुरा खोल्न चाहानुभएन । पछि म आफैले केहि कुरा कोटृाउदै, प्रष्ट गर्दै प्रश्न गरे । कि दांइजो नपुगेर होला ? कित उस्को अर्को प्रमीका भएर होला वा तपाइको आफ्नै अर्को प्रेमी छकी ? उसले थाहा पाएर पो हो की वा उहांको यौन चहाना पुरा गर्न नसक्दा बिच्छीप्त भएर पो हो की ? भनेर भन्दा उहांले स्वीकार गर्नभयो । हो मलाई त्यस्तो कुरामा एलर्जी हुन्छ । उ मौका पायोकी म संग टासिन आंउछ । मलाइ मन पर्दैन । म मान्दीन । अनी उ रक्सी पिउन जान्छ । पीयर आए पछी म संग झगडा गर्छ । नराम्रो गाली गर्छ । पिट्छ भन्नुभयो।
जुन सपना पुरा गर्न विवहा गरेको हो त्यहि पुरा नभए पछि उस्ले रक्सी नपियर के गरोसत बिचरा ? अनी झगडा नगरेर के गर्छत पनि भने मैले । यस्तो मान्छेले किन बिवहा गर्नु भएकोत । तपाइको कारणले उहांको जीवन पनि वरवाद भयो । तपांइ अझै अंश दावी सहित छोडपत्र गराइदिनस भन्दै हुनुहुन्छ । योत सरासर अन्याय भएनर भन्दा उहा केहीं वोल्नुभएन । महिलालाइ अंश सहित छोडपत्र गर्न पाृउने अधिकार कानूनले व्यवस्था गरि दिएको छ । यस्तो कानूनको कारण यस्ता पिडित लोग्नेको मर्म कस्ले बुझिदिने । कानूनमा समेत सुधार हुनु जरुरी छ ।
अन्तत वहांको अंश सहित सम्बन्ध बिच्छेद भयो । अंश पाएपछी वहांले तत्कालै दोस्रो विवहा गर्नु भयो र वास्तवीक कारण उहांको विवहा पहिलेनै एउटा प्रेमी हुनुहुदोरहेछ । उहां सगै दास्रो विवहा गर्नुभयो । बिचरा विवहा गर्ने केटाको के दोष थियो तर कानूनी अड्चनले सम्पति पनि चट भयो ।

५) एकल परिवारीक अबधारणा :

नेपालमा पहिला पहिला संयुक्त परिवारको धारणा थियो आजकल एकल परिवारको धारणा विकसित भएको छ । संयूक्त परिवारमा रहदा सासु, ससुरा, देवर,जेठाजु, नन्द अमाज्यू, देउरानी,जेठानी,हरु समेत सगोलमा रहने हुदां सबैको नजरवाट वचेर अरु संग सम्बन्ध राख्न असम्भव प्राय थियो । बिबाहेत्तर सम्बन्ध बनाउन अप्ठ्यारा थिए । त्यसकारण सम्बन्ध विच्छेदमा कमि थियो तर आजभोली विवहा गर्ना साथ छुटिृएर डेरामा बस्ने । श्रीमान बैदेशिक रोजगारमा जाने श्रीमती छोरा छोरी पढाउने निहुमा सहरमा डेरामा बस्ने कारण अबैध सम्बन्ध जोडीदै जानाले सम्बन्धविच्छेद बढेको छ ।

६) गरिबी

गरिबीको पिडा अर्के छ । गरिब परिवारमा जव सन्तानहरु थपिन्छन् खान लाउनको लागि अझ बढि समस्या बढ्दै जान्छ र खान लाउन नपाए पछि दिनहुं झागडा सुरु हुने र अन्तत सम्बन्ध बिच्छेद रोज्नेहरु धेरै पाइन्छ ।

७) मादक तथा लागु पदार्थको सेवन

मादक तथा लागु पद्धार्थ सेवन गरेर रात विरात घरमा आउने । ढुंग गनाएको श्रीमान संग बिस्तारा शेयर गर्नुपर्ने कारणले पनि आजित वाक्क दिक्क भएर सम्बन्ध विच्छेद गर्ने महिलाहरु पनि धेरै भेटिएको छ ।

८) कलिलो उमेरमा विवहा

कलिलो उमेर अर्थात १५, १६ वर्षमा माया प्रेममा फसेर विवहा गर्ने जोडिहरुको सम्बन्ध पनि लामो समय टिकेको पाईदैन यस्तो हुनुमा कम उमेरको मानिसको रोजगारी नहुने र केटिलाई प्रेम गर्दा देखाएको सुखको सपना वावु आमाले दिएको पैसाले पुरा गर्न नसके पछि खटपट सुरु हुने र सम्बन्ध विच्छेद हुने गरेको छ ।

९) अशमान शिक्षा

धेरै पढेको श्रीमान र कम पढेको श्री मान श्रीमतिको विचमा विचारको ठूलो मतभेद रहेको पाईएको छ । एम ए पढेको श्रीमान र एस एल सी मात्र गरेको श्री मतिको विचमा विचारको मतभेद अत्यन्त ठूलो हुन्छ । यो वास्तबिक तथ्य हो की उच्च शिक्षाको नजरले देख्ने कुरा निम्न शिक्षाको नजरले देख्न र बुझ्न सक्दैन । जस्को कारण श्रीमान श्रीमति विच मतभेद हुन्छ र अन्तत सम्बन्ध विच्छेदमा पुग्दछ ।

१०) ईन्टरनेट, फेसबुक, टियुटर जस्ता सामाजिक संजालको गलत प्रयोग

ईन्टरनेट भनेको बुझ्नेलाई अमृत र नवुझ्नेलाई विष हो । इन्टरनेटको दुरुपयोगले धेरै मानिसको जिवन वर्वाद भएको छ । नेगेटीभ साइड सर्च गर्नेहरुको मनमा पनि नेगेटिभ तरंग फैलन्छ जस्को कारणले गर्दा वलात्कारका घटनाहरुमा बृद्धि भइरहेको छ । बलात्कारमा परेकामहिलाहरुलाई पुरुषले घृणको दृष्टिकोणले हेर्ने भएकोले अन्तत सम्बन्ध वित्छेद हुने गरेको पाइन्छ ।

११) मोवाइल फोनको गलत प्रयोग

सबैभन्दा सजिलो माध्यमको रुपमा रहेको छ मोवाईल । काठमाण्डौ भएको मानिसले पोखरा छु भन्न पनि मिल्ने । बुलु फिल्म र फोटो पनि खिच्न मिल्ने र संसारभरी पठाउन हेर्न र छाप्न पनि मिल्ने ।यस्तो आधुनीक संचार जगतमा के हुदैनर पल पलको खवर अपडेट हुने भएपछि भेछघाटको अवसर र अबस्था तत्काल मिलाउन सकिने भएको कारण अबैध सम्बन्ध कायम गर्न सजिलो हुने भएकोले अन्तत कतै न कतैवाट सूचना चुहिए पछि सम्बन्ध विच्छेद हुने गरेको पाईन्छ ।

१२) फेसन डिजाइन

मानिसको मन न हो सबैलाई मिठो खानु पर्ने राम्रो लाउनु पर्ने, नयां फेसन देखाउनु पर्ने,महंगा मोवाइल पयोग गर्नु पर्दा श्रीमान को कमाइले मात्र नपुग्ने भएपछि अबैध सम्बन्धमा भासिने र अन्तत सम्बन्ध विच्छेद गर्न वाध्य हुने परिस्थिति उत्पन्न हुने गरेको पाईन्छ ।

१३) टेली सिरियलको प्रभाव

घरेलुमहिला हुन वा कामकाजी महिला टिभि हेर्ने भनेको मात्रै सिरियल हेर्ने हो । सिरियलमा के हुन्छ भनेर मलाई पनि जान्न मन लाग्यो र कसौटी, घरघरकी बहु, स्वरागिनी जस्ता टली सिरयल हेरे र हेर्दै पनि छु । तर केबल अनुसन्धानको लागि । मैले के पाए भन्दा कसौटीमा एउटी महिला कहिले

१४) घर छाडेर डेराको वास
आजकल युवाहरु बैदेशिक रोजगारमा जाने र घरमा भरखर विवहा गरेका श्री मतिहरुलाई आफू विदेश गए पछि सहर वजारमा डेरामा राख्ने चलन अत्याधिक बढेको छ । बच्चा जन्मे पछि त झन् सजिलो बच्चाको राम्रो शिक्षा दिक्षाकालागि भनेर सबै गांउवाट नजिकको शहर वजार तिर झर्ने । बच्चालाई वोर्डिड० स्कूलमा भर्ना गर्ने आफू दिनभरी घुम्ने वा डेरामा वस्ने । यसरी डेरामा एक्लै वस्दा आफ्नो मानिसहरु संग पनि डर नहुने भयो अनी एक्लै भएपछि वरीपरि डेरामा वस्ने वा घरबेटीहरुसंग घुलमिल हुने र नाजायज सम्बन्ध कायम भएपछि श्रीमानले विदेशमा रगत पसिना बगाएर कमाएको धन सम्पति समेत लिएर भाग्ने । वच्चाको भविष्य वनाउने हैन उल्टै श्रीमानको भविष्य र वच्चाको भविष्य अन्धकारमा पारेर हडिेको धेरै भन्दा धेरै घटनाहरु हाम्रा घर छिमेकमा दिनहु घटिरहेका छन् र भोगि पनि रहेका छौ ।

उपसंहार
बिकसित मुलुकहरुमा हुने सम्बन्ध विच्छेदका कारणहरु र नेपालमा हुने सम्बन्धविच्छेदका कारणहरुमा धेरै ठूलो अन्तर रहेको छ । बिकसिशत मुलुकमा सम्बन्ध विच्छेद गरे पनि उनिहरुको सम्तानहरुले हाम्रो मुलुकमा जस्तो कठिन अवस्थावाट गुज्रनु पर्ने अवस्था छैन । उनिहरु प्राय सम्पन्न छन् र सरकार सक्षम र सवल छ । सरकारले आफ्नो नागरीकहरुलाई समान व्यवहार गर्ने र नागरीकको अधिकार र कर्तव्य प्रति सजा सजग र सर्तक हुने भएकोले त्यहां मिनट मिनटमा सम्बन्ध विच्छेद भए पनि फरक पार्दैन त्यसैलाइ अनुसरण गरेर नेपालीहरुले पनि सम्बन्ध विच्छेद गर्नु भनेको मेरो विचारमा आफ्नो खुटृामा आफै बन्चरो हान्नु हो त्यसकारण हामीले विवहा गर्ने वेलामानै राम्रो संग केटा केटिको हरेक कुराहरुमा अध्ययन गरेर जस्तै ः शिक्षा, उमेर, खानदान, जाती, धर्म, रिति रिवाज, व्यवहार सबैलाई ध्यान पुर्याएर गर्यौ भने अबस्य पनि सम्बन्धबिच्छेद गर्नेको संख्यामा कमि आउने छ भन्नेकुरामा म आशावादी छु । नेपालमा सम्बन्ध विच्छेद गर्न अझ त्यती सहज छैन ।  यदि महिला जस्तै पुरुष पनि सिधै अदालतमा जान सक्ने व्यवस्था भएमा अझ बढि सम्बन्धबिच्छेद बढ्ने कुरामा दुईमत हुन सक्दैन । धन्यवाद

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com