ताजा समाचार

असाेज १ गते २०७४

अब भाषण रहित साहित्य गाेष्ठी अभियान 

- सेतो परेवा सम्वाददाता, बागलुङ

साहित्य साहित्यकाे लागि नभएर साहित्य समाज परिवर्तनको लागि हुनुपर्छ भन्ने मुल्य र मान्यता भए पनि अहिले साहित्य त्यस्ताे हुनसकेको भने छैन ।पहिला पहिला साहित्य गाेष्ठी साहित्यीक कार्यक्रम भन्दा धेरैलाई चासो हुन्थ्यो धेरै मान्छेहरू साहित्य कार्यक्रममा गएर अाफ्नाे रचना बाचन नगरे पनि सुन्न भए पनि पुग्ने कार्यक्रमकाे गरिमा बढाउने गरिन्थ्यो ।

अहिले अाधुनिक  जमाना संगै साहित्य प्रतिपनि जनमानसमा चासो निकै कम हुदै जान थाल्यो यसको वास्तविक कारण भनेको अहिले साहित्यकार बिच हुने गुटबन्दी अनावश्यक लामाे भाषण एक घण्टामा सकिने कार्यक्रम झन्झटिलो गरेर ४ घण्टाकाे हुने भएकोले पनि साहित्य कार्यक्रम  प्रति  अहिले चाप घटन गएको हाे ।साच्चै अहिले साहित्य माहाैल कम हुदै गएको समयमा साहित्य लाई अगाडि लैजानु पर्छ भन्ने उदेश्यले नेपाल कै पुरानो इतिहास बाेकेकाे बिद्यामन्दिर पुस्तकालय बागलुङ ले प्रत्येक महिनाकाे एकपटक साहित्य गाेष्ठी गर्ने नयाँ अभियान काे शुरूवात गरेपनि साहित्य गाेष्ठी चलाउन सकस नै पर्या भन्दा फरक पर्दैन ।एकत साहित्य प्रति रुचि राख्नेहरूकाे सङ्ख्या थाेरै नयाँ साहित्य सृजना गरेर सुनाउने कुरा झन टाढाको बिषय भैगयाे ।

एकत साहित्य गाेष्ठीमा कबिता मुक्तक गजल सुनाउने भन्दा लामाे पत्यार लाग्दाे भाषण गर्ने प्रबृत्तिकै कारणले पनि अाजकल साहित्यक कार्यक्रममा उपस्थिति निकै पातालाे हुदै गएको महसुस धेरैले गरेको तर मुख फाेडेर कसैले भन्न नसकिरहेको समयमा भाद्र महिनामा पुस्तकालयमा भएको साहित्य गाेष्ठीमा कवि साहित्यीक स्रस्ता धनराज सापकोटाले साहित्य गाेष्ठीलाई चुस्त दुरुस्त संचालन गर्ने हाे भने अब देखि भाषण रहित साहित्य गाेष्ठी गर्नु सान्दर्भिक हुने सुझाव दिनुभएपछि सबैले त्यो कुरा लाई मनन गरि अब देखि बिद्यामन्दिर पुस्तकालय बागलुङले गर्ने साहित्यीक कार्यक्रम भाषण रहित गराउने सहमति भयो सबै साहित्यक साथिहरू बिच साझा प्रतिबद्धता समेत भयो ।सामाजिक संजालमा पुुस्तकालयले गरेको निर्णय लाई सार्वजनिक गर्दा धेरै भन्दा धेरै साहित्यक साथीहरू बाट सकारात्मक प्रतिक्रिया अायाे यसलाई हामीले सुझावकाे रूपमा लिदै अब देखि साहित्य गाेष्ठीमा भाषणलाइ भन्दा पनि सृजना लाई महत्त्व दिनुपर्छ अहिले साहित्य कार्यक्रम रमाइलो भन्दा पनि झन्झटिलो र बाेर लाग्दाे हुने कारणले पनि  साहित्यीक कार्यक्रममा साहित्य प्रति रूचि राखनेहरू समेत जान छाडे पछि अहिले म्याग्दी जिल्लामा पनि भाषण रहित साहित्यीक  कार्यक्रम शुरूवात   भैसकेको छ यसलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ   ।

सबै भन्दा फाेहाेर अहिले राजनीति भएको समयमा राजनीति भन्दा पनि धमिलो साहित्य हुदै गैरहेकाे देखिन्छ ।राजनीति पार्टीमा गुटबन्दी भए जस्तो अहिले साहित्यमा पनि गुट उपगुट झागिदै गैरहेकाे छ कुन साहित्यकार बरिष्ठ कुन कनिष्ठ अायाेजकलाइ छुट्टाउनै कै हम्मेहम्मे कार्यक्रम गर्दा कसलाई प्रमुख अतिथि बनाउने भन्ने बिषय झन गम्भीर बिषय मात्रै हैन कार्यक्रम सकिए पछि अाफुलाइ बरिष्ठ भन्न रूचाउने साहित्यकार महाेदय बाट कार्यक्रम गर्ने अायाेजकलाइ कित भेटेर हैन भने फाेन बाटै धम्की दिन समेत पछि नपरेकाे कुरा पनि चर्चामा अाइरहन्छ ।एकजनालाई बाेलाए अर्को लाई बाेलाउन नमिल्ने अायाेजक लाई कार्यक्रम चलाउन गार्‍हो छ ।साच्चै राजनीति जस्तो घृणित नभएर  साहित्य फराकिलो क्षेत्र हाे भनिन्छ तर साहित्यकार समेत अहिलेकाे राजनीति भन्दा फरक हुनसकेकाे देखिदैन ।समस्या साेचमा भए पछि गलत साेच चिन्तन भएका मान्छेले सृजना गर्ने साहित्य कस्तो हुन्छ भन्ने कुरा भनिरहन पर्दैन जस्तो लाग्छ ।

साच्चै हामीले जहिले जहाँ कुरा गरे पनि देश नेताले बिगारे भनेर भन्छाै तर साच्चिकै देश नेताले मात्रै बिगारेकाे हाे त साच्चिकै हामी सबै इमानदार हुने हाे भने समस्या केही पनि छैन ।राजनीतिमा गुटबन्दी भए पनि नेताहरू एउटै मन्चमा भाषण गर्छन् छलफल गर्छन् बहस गर्छन् हाम्रो साहित्यकार महासयहरू देशका नेता जतिको पनि फराकिलो मन भएको पनि देखिदैन म नै यो मुलुककाे सबैभन्दा ठुलो साहित्यकार हाे म बिना साहित्यकाे पात पनि हल्लीन्न भन्ने भ्रम पालेका छन् ।अाफ्नाे अासेपासे जम्मा गरे दुई चार वटा पुरानो स्मरण सुनाए त्यसैमा रमाए बस जिन्दगी त्यसरी नै चलिरहेको छ गुटबन्दी मै रमाउने गुटबन्दी मै हास्ने यिनिहरूकाे बानी परिसकेकाे छ ।

अहिले नयाँ पुस्ता अाएका छन् हामीले भन्दा नयाँ कुरा अध्ययन अध्ययन गरेका छन् हामीले भन्दा राम्रो साहित्य सृजना गर्न सक्छन् भन्ने कुरा समेत स्विकार्न सक्ने हिम्मत यिनिहरू संग भएको देखिदैन ।      साहित्यमा गुटबन्दी हुने गरेको कारणले पनि अहिले नयाँ साहित्य सृजना गर्ने साहित्य अनुरागी समेत गुटबन्दी देखेर कस्तो क्षेत्रमा प्रबेश गरिए छ भनेर पछुतो मानेकाे समेत देखियो ।साहित्य के काे लागि हाे त भनेर बहस गर्ने हाे भने साहित्य समाज परिवर्तनको   लागि हाे भनेर भन्ने गरिन्छ तर ब्यबहारमा भने ठिक उल्टो भएको कारणले पनि साहित्य कृति साहित्य सृजना राम्रो अाउन नसकेको कारण पनि त्यहीँ हाेला ।

अहिले राजधानी देखि पाेखरा बिराटनगर चितबन लगायत शहरमा साहित्य गाेष्ठी हुने गर्छ अहिले टिकटमा कबिता बाचन पनि शुरूवात भएको छ यो साहित्य काे सकारात्मक परिवर्तन हाे तर जति परिवर्तन हुनुपर्ने हाे तर त्यो भने हुनसकेको छैन ।साच्चै भन्ने हाे भने साहित्य अहिले सरकार काे प्राथमिकता मै पर्दैन भन्दा फरक पर्दैन अहिले जिल्लामा हुने गाउँमा हुने मेला महाेत्सबमा त साहित्य प्रबेश नै हुदैन अबस्था यस्तो छ यो हुनुको प्रमुख कारण साहित्य मा भएको गुटबन्दी नै प्रमुख हाे साहित्यकार हरू बिच बिबाद बाेलचाल नहुनु राजनीति पुर्बाग्रह सबै कारण जाेडिएका छन् ।

अब साच्चिकै साहित्य लाई राम्रो बनाउने हाे भने सबैकाे साझा बनाउने हाे भने अहिले भएको बिकृति बिसंगति लाई राेक्न र सच्याउन जरुरी छ ।साहित्य लाई बिशुद्व साहित्य बनाउन जरुरी छ  । अहिले भाषण रहित साहित्य गाेष्ठी गर्ने जुन अभियान चलाउन पर्ने छ‌‌ैन भन्ने लाग्छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com