ताजा समाचार

असाेज २ गते २०७४

“पाटा ट्राभल मार्ट २०१७ भब्यताका साथ सम्पन्न”

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम संगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित सेप्टेम्बर १३ देखि १५ सम्म मकाउको द भेनिसियन मकाउ रिर्सोट होटेलमा आयोजित पाटा ट्राभल मार्टको ४० र्औ संस्करणमा “नेपाल पेभिलियन” अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको छ ।

मकाउ गभरमेन्ट टुरिजम् अफिस द्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१७ मा नेपालबाट सोल्टी क्राउन प्लाजा, एस डि यू ट्राभल, साग्रिला होटल एण्ड रिसोर्ट, एक्सप्लोर हिमालया ट्रेकिङ्ग एण्ड एडभेन्चर, एसियन भृकुटी होलिडेज्, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, के जी एच गु्रप अफ होटल एण्ड रिसोर्ट र समिट होटल गरी ८ वटा निजि क्षेत्रका पर्यटन ब्यवसायीहरुले भाग लिएका छन् ।

पाटा ट्राभल मार्ट २०१७ मा विश्वभरीका ६६ गन्तब्यहरुबाट कुल ११३१ सहभागिहरुले सहभागिता जनाएका छन, जसमा २५२ वटा संस्था÷कम्पनिहरु तथा ३७ वटा गन्तब्यहरुबाट कुल ४६० विक्रेता सहभागिहरु र २८१ वटा संस्थाहरु तथा ५१ स्रोत बजारहरुबाट कुल २९३ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रमहरु आयोजना गरीएको थियो । साथै पाटाले नेपाल, हङकङ्ग, मकाउ, सिंङ्गापुर, चाईना, ग्वाम तथा क्यानडा गरी करीव १५ वटा मुलुकबाट ३७ जना युवा पर्यटन प्रोफेशनलहरुलाई समेत मकाउ आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै गेट कलेजमा अध्यनरत विमोज प्रधान र नाथम कलेजका विनोद खड्काले पाटा तथा मकाउ स्थित ईन्स्ट्च्यिूट फर टुरिजम स्टडिज को प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।

सेप्टेम्बर १४ मा आयोजित पत्रकार सम्मेलनको अबसरमा बोल्दैे नेपाल पर्यटन बोर्डका सिईओ श्री दिपक राज जोशीले नेपालको सौन्दर्यता र विविधता संसारका हरेक किसिमका पर्यटकका लागि आर्कषणको केन्द्र भएको र जीवनमा एक पटक घुम्नै पर्ने सदाबहार गन्तब्य भएको बताउदै विभिन्न मुलुकबाट पाल्नु भएका मिडिया तथा सहभागिहरुलाइृ नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो ।

सेप्टेम्बर १६ तारीखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोह विच पाटा नेपालका अध्यक्ष श्री सुमन पाण्डेलाई बेष्ट एन्गेजमेन्ट विथ यङ्ग टुरिजम प्रोफेशनल्स् अवार्ड प्रदान गरीयो । सो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरु संगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ ।

पाटा ट्राभल मार्ट जस्ता कार्यक्रमहरु नेपाली टुरिजम प्रोडक्ट तथा गन्तब्यलाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्ने एक महत्वपूर्ण मञ्च भएको र पछिल्लो समयमा पर्यटन वोर्ड, नेपाल एयरलाईन्स र निजि क्षेत्रका ब्यवसायको सहकार्यमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागिताको क्रम बढ्दै गएकाले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव बढेको पाटा नेपालका अध्यक्ष श्री सुमन पाण्डेले बताउनुभयो ।

पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको बिषय भएको बताउदै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरु गर्न उत्प्रेरणा प्रदान भएको बताउनुभयो । साथै, वहाँले पाटा नेपाल च्याप्टरले प्राथमिकता दिएका गतिविधिहरु जस्तै ब्लगर्स तथा मिडिया परिचयात्मक भ्रमण, हिमालयन ट्राभल मार्ट, पर्यटनका यूवा पुस्ताहरु संगको आबद्धता, मानव संसाधन विकास तालिम तथा कार्यक्रमहरुले विश्व पर्यटन बजारमा नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको बताउदै पाटा ट्राभल मार्टमा विश्वभरीबाट आमन्त्रित सहभागिहरु संगको अन्र्तक्रिया मार्फत धेरैजसो सहभागिहरुमा सोहि अभिरुची प्राप्त भएको बताउनुभयो ।

विश्वभरीका पर्यटन क्रेता तथा विक्रेताहरुलाई सम्बन्धन विस्तार गराउने पाटा ट्राभल मार्टको ४० र्औ संस्करणमा लाई विशेष उत्सवको रुपमा मनाउनका लागि पाटाले विभिन्न भाग्यशाली विजेताहरुलाई आईफोन, आईप्याड् मिनि जस्ता पुरुषकारहरु लक्कि ड्र मार्फत प्रदान गरेको थियो, जसमा एसियन भृकुटी होलिडेजका सिइओ श्री विलियम माले उद्घाटन सत्रमा प्रथम लक्की ड्र पुरुषकार प्राप्त गर्नुका साथै मार्टको समापन समारोहमा ग्राण्ड प्राइज समेत प्राप्त गर्न भाग्यशाली रहे ।

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com