ताजा समाचार

असाेज ५ गते २०७४

५० हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक रसुवागढी नाकाबाट पक्राउ

- सेतो परेवा सम्वाददाता, रसुवा

रसुवाको रसुवागढी नाकाबाट ५० हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चीनको हुनान प्रान्तका ४७ वर्षीय लिलिवानलाई प्रहरीले अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

अवैध रुपमा अमेरिकी डलर बोकेर नेपालबाट चीन जाँदै गरेका उनलाई रसुवागढी नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल टिमुरेका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिए ।

चेक जाँचका क्रममा झोलाभित्र लुकाई चीन लैजान लागेको अवस्थामा ५० हजार अमेरिकी डलर भेटिएको उनले बताए ।

पक्राउ परेका चिनियाँ नागरिकका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सनतकुमार क्षेत्रीले जानकारी दिए ।

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com