ताजा समाचार

असाेज ६ गते २०७४

दूतावास कसैको बिर्ता हैन, मनपरि बन्द गर – हर्क थापा

- सेतो परेवा सम्वाददाता,  

‘बूढी मरि भन्ने पीर हैन, काल पल्क्यो’ भन्ने पीरको कुरो ठूलो हो, प्रसंग दूतावासले पहिलोचोटी आयोजना गरेको राष्ट्रिय दिवस समारोहको । हालसम्म राष्ट्रिय दिवस नभएको देश नेपालले यो वर्षदेखि संबिधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने प्रचलनको सुरु गर्दैगर्दा जापानस्थित नेपाली राजदूतावास भने एकाएक विवादमा तानिएको छ । टोकियोको एक शानदार तारे होटलमा बुधबार राष्ट्रिय दिवस समारोहको आयोजना गरेर दूतावासले कस्तो सन्देश दिन खोजेको थियो तर पक्षपातपूर्ण कार्यशैलीका कारण जापानका नेपालीहरुमाथि दिनदहाडै घोर आपत्तिजनक नाङ्गो हर्कत देखाएको छ ।
जापानले पहिलोचोटी महिला राजदूत पाउँदै गर्दा सारा जापानबासी नेपालीहरुमा खुशीको सञ्चार भएको थियो । जसरी राजदूत प्रतिभा राणा जापानमा राजदूत भएर आउँदा खुशीयाली छाएको थियो सोहीअनुसारको कार्यसम्पादनको अपेक्षा उनीबाट गरिएको थियो । उच्च कुलघरानिया राणा खानदान परिवारकी प्रतिभा राणा राप्रपाको कोटाबाट राजनैतिक नियुक्तिमा राजदूत भएकी हुन् जुन सबैलाई थाहा भएकै कुरा हो ।
डिप्लोम्याटिक क्यारियर र राजनैतिक नियुक्तिबाट राजदूत भएर आउने राजदूतहरुको कार्यशैली स्वभाविकरुपमा फरक हुने गरेको अनुभव हामीले भोग्दै आएका छौं ।
डिप्लोम्याटिक क्यारियर र राजनैतिक नियुक्तिबाट राजदूत भएर आउने राजदूतहरुको कार्यशैली स्वभाविकरुपमा फरक हुने गरेको अनुभव हामीले भोग्दै आएका छौं ।
डिप्लोम्याट्सहरु बडो चलाखीपूर्ण शैलीमा कार्यसम्पादन गर्दै विवादबाट चारकोश टाढै रहेर कार्यकाल गुजार्न मन पराउँछन् भने राजनैतिक भागबण्डाको नियुक्तिबाट आउनेहरु यस्ता कुरामा खासै मतलव राख्दैनन् र धेरैजसो मातहतको सहकर्मीको भर परेर गुजारा चलाउँछन् । यसरी भर परेर बिश्वासमा काम गर्दा कहिलेकाँही मातहतका चतुर डिप्लोम्याट्स परे भने आफु हाबी हुन घुमाउरो पाराले सोझो राजदूतलाई बिबादमा फसाईदिन सक्छन् । हुन पनि राजदूत जस्तो गहन पदको लागि न त कतै लोकसेवा न त कुनै प्रशिक्षण न कुनै ओरियन्टेशन नै लिएका हुन्छन् सिधै महामहिमको जिम्मेवारी सम्हाल्न आईपुगेका हुन्छन् । अनुभव नहुँदा मातहतका डिप्लोम्याट्सको भर पर्नुको विकल्प हुँदैन । टोकियोको ओकुरा होटलमा बुधबार साँझ तामझामका साथ खर्चिलो राष्ट्रिय दिवसको आयोजना भईरहँदा सरकारमा रहेको पार्टीको भगिनी संस्थालाई नियोजितरुपमा अपमानपूर्वक ढंगले उपेक्षा गरिनु कुनै पनि हालतमा क्षम्य हुनै सक्दैन ।
यस बिषयमा राजदूत राणा अझै नयाँ भएको कारण भुलचुक भएको हुन सक्छ भनेर मान्न सकिए पनि राजदूत राणा भन्दा पहिले जापान आएका केही समय कार्यबाहक खाएका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल जापानका नेपाली समुदायको सबै नालीबेली बारे जानकार छन् र अलि बढि चतुर पनि हुन खोज्छन्।
यस बिषयमा राजदूत राणा अझै नयाँ भएको कारण भुलचुक भएको हुन सक्छ भनेर मान्न सकिए पनि राजदूत राणा भन्दा पहिले जापान आएका केही समय कार्यबाहक खाएका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल जापानका नेपाली समुदायको सबै नालीबेली बारे जानकार छन् र अलि बढि चतुर पनि हुन खोज्छन्।
नेपालको हरेक परिवर्तनका लागि अग्रपंत्तिमा रहेर ऐतिहासिक कुर्वाणी गरेको नेकपा माओबादी केन्द्रको भात्तृसंस्थाप्रति दूतावासले किन भेदभाव गर्‍यो यसको जबाफ चाहियो महामहिमज्यू ?  नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड पोजिटीभ नभईदिएको भए तपाई जापान जस्तो मुलुकको महामहिम भएर आउन संभव थियो ? यति चांडै खोलो तरयो लौरो बिर्स्यो गर्न मिल्छ ? राज्यको ढिकुटीबाट गरिएको तपाईको भोजभतेरमा जान निम्तो पाईएन भन्ने हाम्रो सवाल किन्चित हैन सवाल त के भने २४० वर्ष पुरानो सामन्ती राजसंस्थाको समुल नष्ट गर्ने हैसियत राख्ने शक्तिलाई त्यति कमजोर नठानियोस् भन्ने हो । जापानको नेपाली समुदायमा लामो समयदेखि आफ्नै पहिचान बनाईसकेको स्थापित संस्था नेपाली जनप्रगतिशील मञ्चप्रति दूतावासद्वारा सौतेनी ब्यवहार गरिनुले दूतावासमा कार्यरत कूटनीतिज्ञहरुमाथि गम्भीर आशंका पैदा गरेको छ । दूतावासले लिएको आग्रह, पूर्वाग्रह आखिर के का लागि ? स्पष्ट पारियोस् ।
दूतावासप्रति नेपालीहरुको दृष्टिकोण उनीहरुले गर्ने ब्यवहार अनुरुप बन्दै जाने हो । एकताका दूतावासमा फोन नउठ्ने समस्या चरमोत्कर्षमा पुगेको थियो नेपाली समुदायको सुझबुझपूर्ण ब्यवहारका कारण दूतावास त्यति धेरै विवादित बन्नु परेन । सन् २०११ मा महाभूकम्प र सुनामीले जापानका नेपालीहरु त्राही त्राही हुँदै सारा नेपाली समुदाय उद्वारमा खटिईरहँदा दूतावास भागेर ओसाका गएको घटना पनि पुरानो भएको छैन । तै पनि हामी गर्वका साथ भन्छौ, त्यतिबेला दूतावासले गर्ने काम हामी नेपालीहरुले गरेका थियौं तर दूतावासलाई नेपाली समुदायले कहिलै विवादमा ल्याउन चाहेन सहकार्य नै गर्दै आएको बिगत साक्षी छ ।
तर यसपटकको नियोजित खेदजनक प्रपञ्चको दूतावासले चित्तबुझ्दो जबाफ दिनुपर्दछ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संबिधान सभा मार्फत संबिधान प्राप्ती लगायत कुनै पनि ऐतिहासिक परिवर्तनसंग कुनै साइनो-काइनो नभएका मण्डले कुण्डलेहरु अट्ने दूतावासको नामावली सूचीमा हाम्रो गौरवशाली संगठनको नाम अट्न नसक्नु अर्थात जानाजान छुटाईनुलाई सामान्यरुपमा लिन सकिदैन ।
उसो त दूतावासलाई आफ्नै बाउको बिर्ता ठान्ने दूतावासका भान्सेहरुले माओबादीप्रति धेरै अगाडिदेखि बिभेदपूर्ण ब्यवहार गर्दै आएको तीतो अनुभव पनि हामीसंग नभएको हैन ।
उसो त दूतावासलाई आफ्नै बाउको बिर्ता ठान्ने दूतावासका भान्सेहरुले माओबादीप्रति धेरै अगाडिदेखि बिभेदपूर्ण ब्यवहार गर्दै आएको तीतो अनुभव पनि हामीसंग नभएको हैन ।
यसो हुँदा दूतावासले आफ्नो गल्ती नसच्याएमा, चित्तबुझ्दो जबाफसहित माफी नमागेमा दूताबासको बिरुद्ध चरणबद्धरुपमा बिरोधका कार्यक्रमहरु सार्बजनिक गर्न बाध्य हुने छौं । आवश्यक परे पक्षपातपूर्ण नियत भएका भेदभावमा रमाउने कूटनीतिज्ञहरुलाई तत्काल फिर्ता पठाउन प्रधानमन्त्रीको कार्यालय, मन्त्रीपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय, पार्टी कार्यालय लगायतका सरोकारवला निकायहरुमा संस्थामार्फत लबिङ र पहल थालिने छ ।
राज्यको ढिकुटीबाट भरणपोषण हुने राष्ट्रसेवकबाट नेपाली नागरिकमाथि भएको यसप्रकारको घोर अपमानको जति नै निन्दा गरे पनि थोरै हुन्छ । बिदेशमा रहेको सम्मानित कूटनीतिक निकायले मृत्यूलाई जितेर आएका अग्रगमनका हिमायती सिपाहीहरुसंग सिंगौरी खेल्ने गल्ती नगर्न चुनौती दिन चाहान्छौं । चेतना भया !
(लेखक थापा, माओबादी केन्द्र अधिबेशन आयोजक समिति सदस्य तथा नेपाली जनप्रगतिशील मन्च जापानका सल्लाहकार हुन्)

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com