ताजा समाचार

असाेज ६ गते २०७४

एएफसी यू-१६ च्याम्पियनसिप : नेपाल र भारत बरावरीमा रोकिय

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

– एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको रोमाञ्चक खेलमा २-२ को  बराबरी खेल्दै अंक बाँडेका छन् । नेपालका लागि बिर्जेशले दुई उत्कृष्ट गोल गरे भने दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय खेलाडी हर्प्रितले भारतका लागि दुई गोल गरे । करिब एक महिना अघि साफ च्याम्पियनसिपमा दुई पटक पराजित नेपाली टोलीले भारतसँग अंक खोस्न सफल भएको छ ।  

 

 

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए ।  भारतले १४ औं मिनेटमा गोल अग्रता लिने अवसर पाएपनि भारतीय कप्तान विक्रम प्रताप सिंहको ८ यार्ड नजितको प्रहार गोलकिपर बिशाल सुनारले ब्लक गरे । नेपालले आकाश बुढा मगरले सुरु गरेको काउन्टर एट्याकमा राम्रो मौका सिर्जना गरेपनि कप्तान रोशन राना मगरले उनको थ्रु बल नियन्त्रणमा लिन नसकेपछि राम्रो अवसर गुमाएको थियो ।

दोस्रो हाफको सुरुआतमा भारतले फ्रीकिक मार्फत पहिलो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । नेपालका असिम गुरुङले विक्रमलाई लडाउँदा करिब १३ यार्डमा पाएको फ्रीकिकमा गिभ्सन सिंह मोइराइङ्गथेमको प्रहार बाहिरिएको थियो ।

कप्तान रोशन ६१ औं मीनेटमा नेपाललाई अग्रता दिलाउनबाट चुके । भारतको बक्समा अन्मार्क्ड रहेका रोशनको प्रहार आकाशिदा नेपालले खेलमा अग्रता लिन सकेन ।

बिर्जेशले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए । सौगात खवासको पासमा डिबक्स बाहिरबाट बिर्जेशको बाँया खुट्टाको प्रहारले पोस्टको दाँयापटिको दिशामा भारतको गोलकिपर जोङतेलाई बिट गरेको थियो ।  भारतका लागि परिवर्तित खेलाडी हर्प्रितले तीन मिनेटभित्र दुई गोल गर्दै अग्रता दिलाए । ८२ औं मिनेटमा ३५ यार्डबाट गोल गर्दै बराबरी गरेका हर्प्रितले ८५ औं मिनेटमा अर्का परिवर्तित खेलाडी लालरोकिमाको पासलाई ट्याप गर्दै अग्रता दिलाएका थिए ।

बिर्जेशले पुन: ८८ औं मिनेटमा नेपाललाई खेलमा फर्काए । गोलकिपर बिशालले रिलिज गरेको बललाई नियन्त्रणमा लिंदै बक्सभित्रबाट उनको हाफ भली प्रहारले फारपोस्टमा भारतीय गोलकिपरलाई बिट गर्यो ।

बराबरीसँगै भारत दुई खेलमा ४ अंक सहित समूहको दोस्रो स्थानमा छ भने पहिलो अंक बटुलेको नेपाल तेस्रो स्थानमा छ । यसअघिको खेलमा प्यालेस्टाइनलाई ४-० ले हराएको इराक समूहको शिर्षस्थानमा छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com