ताजा समाचार

असाेज ८ गते २०७४

दसैँका लागि पोखरा ल्याइदै गरेका च्याङग्रा बाटोमै मरे

- सेतो परेवा सम्वाददाता, पोखरा

मुस्ताङबाट ट्रकमा पोखरा ल्याउदै गरेको च्याङग्रा बाटैमा मरेका छन् । व्यवसायी प्रविण अधिकारीले दसैँ तिहारको लागि पोखरामा बिक्रीका लागि ल्याउँदै गरेका १ सय ३२ च्याङग्रा मध्ये ४५ च्याङग्रा बाटोमै मरेका हुन् । अधिकारीले पर्वतको कुश्माबजारमा आइपुगेपछि ट्रकमा खोलेर हेर्दा सोमबार ४५ च्याङग्रा मरेको भेटिएको हो ।

१० हजार देखि २० हजार सम्म मुल्य पर्ने च्याङग्रा मरेपछि १० लाख बराबरको क्षति भएको छ । चिसो ठाउँमा बसेका च्याङग्रालाई तातो ठाउँमा ल्याउदा यस्तो समस्या देखिएको पशु चिकित्सकले बताएका छन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com