ताजा समाचार

असाेज ९ गते २०७४

कविता : गरिवको चाडवाड

- सेतो परेवा सम्वाददाता,  

बर्षा मात्र कहाँ हो र
मेलापात पनि सकिन्छ
ढुक्क हुन्छ साइलो
छानो चुहिएन,खडाइको बार ढलेन
अगेनामा मुल पनि पलाएन यस साल ।

चमेलि , जुनेलिलाइ हेर्छ
गोर्खे र साइलिलाइ हेर्छ
भावुक हुन्छ साइलो
औंला भाचेंर चाडवाड गन्छ
जुन बर्षौं देखि उधारा छन ।।

गोठमा जान्छ,भकारिमा पुग्छ
कान्लातिर चिहाउछ,कन्दुस खोतल्छ
अनायास बर्षिन्छ साइलो
मुखिया बा लाइ सम्झन्छ
खिस्स हास्छन पुराना तम्सुकहरु ।।।

मा’ड सा’व , माइला साहु
सहकारि , साइलिको थैलि
सवैतिर रित्तिएको छ साइलो
मिठो,मसिनो लुगाफाटोको
आशामा रमाँउदै छन चिचिलाहरु ।।।।

खोरका कुखुरा,टाट्नोका बाख्रा
बोराको कोदो,सुलिको मकै
धेरै बेर गम्छ साइलो
कोदोको बोरो बोकेर ,कलिलो पाठो घिच्चयाउँदै
चाडवाड लिन बजार पस्छ साइलो ।।।।

(घिमिरे: अनेसाज जापान च्याप्टर का अध्यक्ष हुनुहुन्छ )

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com