ताजा समाचार

असाेज २२ गते २०७४

उदयमान किक बक्सर अविरलको बिजय यात्रा जारि, फेरी अर्को सफलता

- ब्राजिलियन किक बक्सरलाइ ढालेर हातापारे उपाधि

- सेतो परेवा सम्वाददाता,  

उदयमान नेपाली युवा किक वक्सर खेलाडी अविरल घिमिरेले ब्राजिलियन बक्सरलाई पराजित गर्दै होस्ट कप किन्गंस् नागोया फाइट डागन उपाधि जितेका छन् । नागोयाको कांग्रेस हलमा भएको उक्त खेलमा १८ बर्षीय बक्सर अविरल घिमिरेले ब्राजिलियन बक्सर एलेन सोर्सलाई पराजित गरेका हुन् । उनले पराजित गरेका ब्राजिलियन बक्सर यस अघिपनि प्रोफेसनल गेम खेलीसकेका अनुभबी खेलाडी मानिन्छन ।

आइचिकेन को नागोयामा बसोबास गर्दै आएका घिमिरेका बुबा देब घिमिरे नेपालबाट के वन अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो खेलाडी समेत हुन् । बुबाको प्रेरणा र मेहनतले अहिले आफुले सफलता हासिल गरिरहेको र मुख्य प्रेरणाको स्रोतनै बुबा रहेको अविरल को भनाइ छ । भविष्यमा यो गेममा लागि रहने प्रण गर्छन अविरल ।

उनलाई सेतोपरेवा डटकम को तर्फ देखि लाख लाख शुभकामना , संगै उज्वल भविष्यको कामना ।

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com