ताजा समाचार

असाेज २३ गते २०७४

समाजवादी क्रान्ति हेरेर मर्न मन छ – प्रचण्ड

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई समाजवादी क्रान्ति हेरेर मर्न मन भएको बताएका छन । र अहिलेको पार्टी एकतालाई ‘डाईलेक्टिक मेट्रालिज्म’ को संज्ञा दिए ।

‘यो पार्टी एकता ‘डाईलेक्टिक मेट्रालिज्म’ हो । मोटो मसाल बिघटन नगरी एकताकेन्द्र बन्थेन । एकताकेन्द्र नभत्काई माओवादी हुन्थेन् । माओबादी भत्काएर ए माओवादी र माओवादी केन्द्र बनाएका हौ,’ अध्यक्ष प्रचण्डले भने, ‘ समाजवादी क्रान्तिलाई केन्द्रमा राखि अब यो पनि भत्काईन्छ । कमरेडहरु मलाई नेपालमा समाजवादी क्रान्ति सम्पन्न भएको हेरेर मात्रै मर्ने मन छ ।’

सोमबार योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) नेपालको स्कूलिङ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन ।वाइसीएल नेपालको स्कुलिङ कार्यक्रम माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com