बलिउड नायिका कंगनाको धेरै दिन देखि विवादित कुराहरु आइरहेका छ्न । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीच लाामो समयदेखि द्वन्द चलिरहेको छ। कंगनाले ऋतिकमाथि विवाह गर्ने वाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको जस्तो गम्भीर आरोप लगाएकी छन्।

उनले यसबारेमा प्रहरीकोमा ऋतिक विरुद्द उजुरी पनि दिएकी छन्। राष्ट्रिय सञ्चारमाध्यममा कंगनाले ऋतिकको बारेमा ठुला ठुला खुलासा गर्दै बलिउडलाई नै तरंगीत बनाइदिएकी छन्।

२ पटक राष्ट्रिय अवार्ड विजेता कंगनाको लडाइमा उनको बहिनी रंगोली पनि जमेर लागेकी छन्। कंगनाले एकोहोरो ऋतिकलाई आरोप लगाईरहँदा उनको साथमा ठुलो समर्थन जुटेको थियो। तर लामो समयपछि ऋतिकले आफ्नो र कंगनाको विवादबारे सार्वजनिक बयान दिएका छन्। उनले दिएको बयानपछि मिडिया र उनका शुभचिन्तकपनि ऋतिककै पक्षमा उभिएका छन्। ऋतिकले आफु र कंगनाबीच कुनै प्रेम सम्बन्ध नभएको र कंगनालाई आफुले एक्लै कहिल्यै नभेटेको समेत बताएका छन्।

ऋतिकले ७ वर्षसम्म कंगनाले भनेको जस्तो सम्बन्ध भएको भए मिडियामा किन हल्ला भएन भन्दै यस्ता कुराले आफु र आफ्नो परिवारका सदस्यलाई ठुलो समस्या झेल्नुपरेको बताएका छन्। ऋतिकको बयानपछि अब सामाजिक सञ्जालमा कंगनाको समर्थनमा उत्रिएकाहरु पनि ऋतिकको पक्षमा उभिन थालेका छन्।

बलिउडका अभिनेता फरहान अख्तरले पनि ऋतिकको खुलेर समर्थन गरेका छन्। उनले कंगना र ऋतिकको नाममा एक खुलापत्र लेख्दै यस्ता कुरा कानुनी रुपमा सल्टाउनुपर्ने जनाएका छन्। समाजिक सञ्जाल फेसबुकमा फरहानले खुला पत्र लेख्दै मिडियाले कंगनाको कुरा मात्र सुनेर ऋतिकलाई पक्षपात गरेको लेखेका छन्।

कसैको नाम नलेखी उनले आइतबार फेसबुकमा मिडियाले कसैलाई पक्षपात गर्यो र एकतर्फी कुरा मात्र लेख्यो भन्दै दुवै पक्षको कुरा सुनेर लेखेको भए राम्रो हुने लेखेका छन्। फिल्म ‘जिन्दगी न मिलेगी दोबारा’ र ‘लक बाई चान्स’मा सँगै काम गरेका फरहान र ऋतिक मिल्ने साथी हुन्।

उनले लेखेका छन्, ‘आज मैले एक व्यत्तिद्वारा एक महिलालाई लेखेको खुलापत्र पढें जसलाई व्यवसायिक रुपमा म एक राम्रोसँग चिन्छु। केही समयदेखि उनीहरुको विवाद चर्चामा छ। तर जहाँसम्म मलाई थाहा छ यो पहिलोपटक हो, जब उनले आफ्नो धारणा सार्वजनिक गरेका छन्।’ उनले भनेका छन्, ‘यस विषयमा बोल्ने अधिकार मलाई छैन की उनीहरुको अवस्थाको हिसाबले यो सही यो गलत भनुँ, यसको निर्णय गर्ने साइबर अपराध अधिकारीको काम हो। तर मलाई निश्चित रुपमा यो थाहा छ की, जुन हालतबाट कुराहरु आएका छन् यसबारे टिप्पणी गर्ने आवश्यकता छ।’

फरहानले समाजमा अन्याय वा दमनको सिकार हुने महिला नै हुन् भन्दै उनले पुरुषलाई पनि पछाडी पारिएको मुद्दा सार्वजनिक भएको बताए। ऋतिकले आफ्नो फोन र ल्यापटप सम्बन्धित अधिकारीलाई सुम्पिदिएका छन् तर कंगनाले यसो नगरेको पनि खुलापत्रमा लेखेका छन्।

उनले अप्रमाणित कुराको पहिले नै निष्कर्ष निकाल्नु गलत भएको भन्दै सबैलाई समय कुर्न आग्रह गरेका छन्। फरहानले कानुनी निष्कर्ष नआउनजेल धैर्य गरेर कसैलाई पनि दोषी नबनाउन आग्रह गरेका छन्। उनले कसैलाई भेदभाव नगर्न र बदनाम नगर्न पनि सबैसामु आग्रह गरेका छन्।

फरहानको खुला पत्रमा बलिउडका कयौं सेलिब्रेटीले समर्थन गर्दै आफ्नो विचार सार्वजनिक गर्न थालेका छन्। बलिउडका फिल्म निर्देशक करण जौहर, अभिनेत्री यामी गौतम, सोनम कपुर, ट्वींकल खन्ना जस्ता कलाकारले फरहानको कुरामा समर्थन जनाउँदै खुलेर ऋतिकको पक्षमा उभिएका छन्।