ताजा समाचार

असाेज २४ गते २०७४

बाँकेमा बस दुर्घटना, तीनकाे मृत्यु, १२ घाइते

- सेतो परेवा सम्वाददाता, बाँके

बाँकेको राप्तीसोनारी गाउँपालिका-१ लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिट दाङतिर पर्छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com