ताजा समाचार

असाेज २५ गते २०७४

किम जोङको हत्या गर्ने योजनासहितको सैन्य दस्तावेज चोरी

- सेतो परेवा सम्वाददाता,  

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङको हत्या गर्ने योजनासहितको सैन्य दस्तावेज उत्तर कोरियाका ह्याकरले दक्षिण कोरियाबाट ह्याक गरेका छन् ।

दस्तावेजमा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा तयार गरिएको युद्धको योजना समेत रहेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले आरोपका बारेमा टिप्पणी दिन अस्वीकार गरेका छन् ।

२ सय ३५ गिगाबाईट्सका सैन्य कागजातहरु रक्षा एकीकृत डेटा केन्द्रबाट चोरी गरिएको बताइएको छ । ह्याक गत वर्षको सेप्टेम्बर महिनामा भएको हो ।

कस्ता दस्तावेज चोरी भएका हुन् भन्ने यकिन भएको थिएन । गत वर्षको मे महिनामा ठूलो मात्रामा डेटा चोरी भएको दक्षिण कोरियाले बताएको थियो । चोरी उत्तर कोरियाले गरेको भनि अनुमान गरिएको थियो । सो आरोपलाई उत्तर कोरियाले अस्वीकार गर्दै आएको थियो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com